नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4539 · वि.सं. २०४९

नि.नं. 4539 — लागू औषध हेरोइन बिक्री वितरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालत समक्ष बिना आधार प्रतिवादीहरुले प्रहरीको बयानलाई स्वेच्छा विरुद्धको भन्दैमा अदालतले उक्त भनाईलाई मात्र आधार मानी प्रमाणको रुपमा मान्न इन्कार गर्ने हो भने अनुसन्धानको क्रममा प्रतिवादीहरुको कागज गराउने कानुनी व्यवस्थाको कुनै औचित्य नै नरहने। (प्रकरण नं. २७) (२) बरामदी मुचुल्काको काम तामेल गर्ने व्यक्ति भएको नाताले मात्र निजको बकपत्रलाई प्रमाणमा लिन नमिल्ने गरी प्रमाण ऐन लगायतका अन्य कुनै कानुनले रोक लगाएको नपाइने बरु प्रमाण ऐन, २०३१ को दफा १८(ख) अनुसार निजको बकपत्रलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने । (प्रकरण नं. २८) (३) लागू औषध हेरोइन बरामद भएको भनी किटानी बकपत्र गरेको अवस्थामा बरामदी मुचुल्काका अर्का साक्षीले सो बरामदी मुचुल्कालाई स्वीकार गर्दै सो मा सही सम्म प्रहरी थानामा गरेको भनी बकपत्र गरेको आधारमा मात्रै सो बरामदी मुचुल्कालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4539
मुद्दाको विषयलागू औषध हेरोइन बिक्री वितरण
निर्णय वर्ष / मिति2049/01/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4539
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्