नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4543 · वि.सं. २०४९
नि.नं. 4543 — लागू औषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लागू औषध सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा पर्ने श्री ५ को सरकार वादी भएको र अनुसन्धान कारवाहीको सिलसिलामा अभियुक्तहरुलाई पक्राउ गर्न सक्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ ले समेत व्यवस्था गरेकोले औषध नियन्त्रण अधिकारीले अभियुक्तहरुलाई पक्राउ गर्न वारेन्ट जारी नगरेकोबाट सम्पूर्ण कानुनी प्रकृया विहिन छ भन्ने तर्क कानुनसंगत नदेखिने । (प्रकरण नं. ४७) (२) जुन विषयमा शुरुमा नै विवाद उठाएको नदेखिए पछि विवाद नउठाइएको कुरामा अब आएर विशेषज्ञबाट नजचाएकोले हेरोइन नै होइन यकीन गर्नु नमिल्ने भन्नु कानुनसंगत नहुने । (प्रकरण नं. ४८) (३) अदालतको इन्कारी नै प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिनु पर्याप्त नहुने । (प्रकरण नं. ५०) (४) बिक्री गर्ने व्यवसायलाई तह तह राख्दै लिंदै गरेको कार्य बिक्री वितरणको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. ५०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4543 |
|---|---|
| मुद्दाको विषय | लागू औषध |
| निर्णय वर्ष / मिति | 2048/11/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4543 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
