सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २२८ / ४४०

नि.नं. 6063वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ २०५२ साल मंसीर ७ गते हुने भनी तय भएको आम निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नु पर्ने दायित्व भएको निर्वाचन आयोगले श्री ५ को सरकारले निर्वाचनलाई ध्यानमा राखी त्यस अवस्थामा कर्मचारीलाई आकर्षित गर्ने किसिमको काम भएमा निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6062वि.सं. २०५२संयुक्त इजलास

करारनामा बमोजिम लिखत पास गराई पाउँ।

§ वादीले दावी लिएको विवादको कि.नं. ३१७ को जग्गा प्रतिवादी अब्दुल कैयुम अन्सारी समेत ३ जनाको नाउँमा संयुक्त दर्ता रहेको देखिन्छ । तिन जनाको नाउँमा संयुक्त दर्ता रहेको जग्गा एक जनाले मात्र बिक्री गरी दिने गरी बैना लिनु दिनु गरेको लिखतलाई करारको संज्ञा दिन नमिल्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6061वि.सं. २०५२संयुक्त इजलास

लिखत बदर दर्ता बदर ।

§ इन्साफ माग्न अदालत आउनेले ऐनका हदम्याद भित्र आउनु पर्छ । ऐनका हदम्याद भित्र नपरेको फिरादबाट इन्साफ हुन नसक्ने । (प्रकरण नं. ११) § मुलुकी ऐन दान बकसको महलको ५ नं. मा आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6060वि.सं. २०५२संयुक्त इजलास

अंश दर्ता

§ २०३८ सालमा दुवै थरीको मानु छुटिएको तथ्यमा विवाद नभएपछि वादीले खुलाएको मितिलाई प्रतिवादीले इन्कार नगरेको हुँदा ०३८।१०।१ मा मानु छुट्टिएको मिति कायम गरिएको पुनरावेदन अदालत जनकपुरको निर्णयलाई विधिवत नै मान्नु पर्ने । (प्रकरण नं. ७) § मानु छुट्टिएपछि आर्जन भएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6059वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

§ विभागीय कारवाही विभागीय तवरबाट गरिने विषय हो, कुनै विषयमा दुई पक्षका बीच विवाद उत्पन्न भै न्यायिक वा अर्धन्यायिक निकायबाट सबूद प्रमाणको मूल्यांकन गरी निष्कर्ष निकाल्ने प्रकृया मुद्दाको हुन्छ तर विभागीय कारवाहीमा २ पक्षका बीच कुनै विषय वस्तुका सम्बन्धमा विवाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6058वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ।

§ जग्गाको श्रेस्ताको व्यहोरा सच्याउने सम्बन्धमा तत्सम्बन्धी कानुनी व्यवस्था हेर्दा मालपोत ऐन, २०३४ को दफा ७(३) मा जग्गावालाको नाम थर वतन उमेर वा जग्गाको कित्ता नम्बर क्षेत्रफल वा किसिम फरक परेकोमा वा दोहोरो दर्ता हुन गएकोमा मालपोत कार्यालयले आवश्यक जाँचबुझ गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6057वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण

§ बिक्री कर भनेको क्रेताबाट बिक्री वापत असूल हुने राजश्वको रकम हो । यस्तो रकम असूल गर्ने कम्पनीले असूल गरे जति सोझै राजश्वमा बुझाउनु पर्ने हुन्छ । निवेदक कम्पनीले आफूले बिक्री गरेको माल सामानमा निवेदन जिकिर बमोजिम क्रेताबाट ५ प्रतिशत बिक्री कर असूल गरेको भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6056वि.सं. २०५२संयुक्त इजलास

लिखत दर्ता बदर

§ अंशबण्डाको १८ नं. को व्यवस्था लागू हुनु पश्चात विवादको सम्पत्ति खरिद गरेको देखिए पनि सो सम्पत्ति निजी ज्ञान शीप, प्रयासबाट खरिद भएको भन्ने जिकिरलाई समर्थन गर्ने प्रमाणको सर्वथा अभाव देखिन्छ । सगोलमा रह“दाको अवस्था खरिद भएको सम्पत्ति प्रतिवादी जिकिर बमोजिम नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6055वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ कुनै पनि सार्वजनिक स्थलमा जरबजस्ती कुनै व्यक्ति केही दिन छाप्रो बनाएर बस्दैमा उसको निर्विवाद हक स्वामित्व भित्रको जग्गा हुन नसक्ने । (प्रकरण नं. १०) § सार्वजनिक स्थलको संरक्षण गर्नु सबै कार्यालयको कर्तव्य हुन्छ । तसर्थ त्यस्तो सार्वजनिक स्थलमा बनाएको छाप्रो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6054वि.सं. २०५२संयुक्त इजलास

अंश नामसारी

§ मुलुकी ऐन अ.बं. ७७ नं. ले आफूसंग रहे भएको प्रमाण वादीले उजुरीको साथ र प्रतिवादीले प्रतिउत्तरका साथ वा बयान गर्दा पेश गर्नु पर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ। सो बमोजिम प्रतिवादीले आफूसंग भएको लिखतको सम्बन्धमा प्रतिउत्तर दिंदाको अवस्थामा मौकामा उक्त लिखतको सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6053वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ।

§ आयकर ऐन, २०३१ को दफा ३४(५) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क)(ख)(ग) र (घ) मा उल्लेख भएको कुनै प्रश्नमा प्रत्यक्ष कानुनी त्रुटी भई महा–निर्देशक वा निजले तोकेको अधिकृतले दिएको निर्णय पूर्ण वा आंशिक रुपमा उल्टीने देखि पुनरावेदन अदालतले आफू समक्ष पुनरावेदन गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6052वि.सं. २०५२संयुक्त इजलास

परमादेश

§ पुनरावेदन निर्णयको जानकारी पाउनु भन्दा अगावै आफूले सम्माननीय प्रधानमन्त्री छेउ समेतमा दिएको निवेदनलाई आधार बनाई विलम्ब भएको छैन भन्नु उचित नदेखिने । (प्रकरण नं. १०) § उचित न्यायिक निकाय भन्दा अन्यत्र निवेदन दिई कारवाई चलाइएको कारणले विलम्ब क्षम्य हुन सक्दैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6051वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण

§ श्रम ऐनको दफा ६०(ग) बमोजिम व्यवस्थापकले गरेको सजाय र आदेश उपर सम्बन्धित श्रम अदालतमा पुनरावेदन लाग्ने र ७२(३) मा “श्रम अदालत गठन नभएसम्म यस ऐन बमोजिम अदालतबाट हुने काम कारवाही पुनरावेदन अदालतबाट हुनेछ” भन्ने लेखिएकोले होटल व्यवस्थापकले गरेको सजाय उपर श्रम वि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6050वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ राजश्व समूह (गठन, श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमावली मिति २०४९।३।२९ को राजपत्रमा मिति २०४९।४।१ देखि लागू हुने गरी आएको देखियो । नियमावलीको नियम ५(२) मा समूहको लागि आवश्यक शैक्षिक योग्यता अनुसूची २ मा तोकिए बमोजिम हुनेछ भनी शैक्षिक योग्यता निर्धारण गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6049वि.सं. २०५२पूर्ण इजलास

अंश

§ कुनै पनि लिखतको व्याख्या गर्दा त्यो लिखत कुन तात्पर्यको लागि तयार गरिएको हो र कस्तो चरित्रको हो हेर्नु पर्ने । (प्रकरण नं. १७) § २०१६।७।५ को लिखतमा “छोरा बुहारीलाई खान जिउनी सम्म” भन्ने उल्लेख भएको देखिन्छ । सो उल्लेखन अनुसार सो लिखतको तात्पर्य छोरा बुहारीला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6048वि.सं. २०५२विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम उत्प्रेषण एवं परमादेश लगायतको आदेश जारी गरी पाउँ।

§ श्री ५ को सरकारले ऐनको उद्देश्य विपरीत नहुने गरी नियमहरु बनाउन सक्नेमा विवाद देखिन्न । श्री ५ को सरकारलाई नियमहरु बनाउने अधिकार ऐनले नै दिएकोले त्यस्तो ऐनद्वारा प्रत्याभूत अधिकारलाई विनियमले नियन्त्रित एवं संकुचित गर्न नसक्ने । (प्रकरण नं. १९) § कुनै मुद्दाम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6047वि.सं. २०५२विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी

§ विनियमावलीको व्यवस्था संविधानसंग बाझिएको छ भन्नु मात्र पर्याप्त हुंदैन । विनियमावलीको व्यवस्थाले संविधानको धारा ११(१) को प्रावधानको विपरीत वा सो धाराद्वारा प्रदत्त मौलिक हकमा अनुचित बन्देज लगाएको अवस्थामा बाझिन जाने । (प्रकरण नं. १२) § गोरखापत्र संस्थान ऐन,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6046वि.सं. २०५२संयुक्त इजलास

लोग्ने नाता कायम गरी पाउँ

सामान्यतया जातकका सम्बन्धमा आमाको भनाई विश्वसनीय हुने भए पनि सो को पुष्ट्याई गर्ने पर्याप्त आधार हुनु जरुरी हुन्छ । सोको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम हुने भनी सम्झन न्यायिक दृष्टिकोणबाट मिल्ने नदेखिने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6045वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

यातायात संस्थान, संस्थान ऐन, २०२१ को दफा ३ अन्तर्गत गठन भएको देखिन्छ र सोही संस्थान ऐन, २०२१ अन्तर्गत सो संस्थानको संचालक समितिले सो संस्थानका कर्मचारीहरुको सेवा शर्त सम्बन्धमा समेत श्री ५ को सरकारको स्वीकृति प्राप्त गरी विनियम बनाउन सक्ने । (प्रकरण नं. ८) यात…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6043वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण

काठमाडौं जिल्ला विकास समिति, ललितपुर जिल्ला विकास समिति र भक्तपुर जिल्ला विकास समिति एक आपसमा मिलेर संयुक्त समिति गठन गरेको देखिन्छ । यसरी ३ जिल्लाका जिल्ला विकास समिति मिलेर संयुक्त समिति गठन गर्ने व्यवस्था कानुनमा नभएको तथ्यलाई लिखितजवाफ र बहसमा अन्यथा भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6042वि.सं. २०५२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश समेत ।

कुनै निर्णय उपर चित्त नबुझेमा त्यस्तो निर्णय बदर गराउन कानुन बमोजिम मार्ग अवलम्बन गर्नु पर्ने । (प्रकरण नं. १५) कानुनी अधिकार भएको निकायले मात्र कानुनी उपचार प्रदान गर्न सक्ने निर्णय बदर गर्न सक्ने । (प्रकरण नं. १५) श्री ५ को सरकारको निर्णय उपर उजूर सुन्ने निक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6041वि.सं. २०५२संयुक्त इजलास

मोही नामसारी

मोहीको आधारभुत प्रमाण २ नं. अनुसूची र ३ नं. स्थायी प्रमाणपत्र हुने । (प्रकरण नं. १४) जग्ग धनीत्व हस्तान्तरण गर्न लिखतमा मोही नाम उल्लेख नगर्दैमा मोही हक नजाने। (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6040वि.सं. २०५२संयुक्त इजलास

हक कायम लेखत बदर दर्ता बदर दर्ता

अंश मुद्दामा अंशियारका नाउंमा कायम रहेको सम्पत्ति मात्र बण्डा लाग्ने हुन्छ र सोही सम्पत्तिको तायदाती दिएको मात्र सदर कायम रहन सक्ने । (प्रकरण नं. १५) आफ्नो हक जिम्मामा नरहेको र दर्ता नै राजीनामाबाट अरुको कायम भई आफ्नो हक जिम्मा र दर्ता टुटी सकेपछि त्यस्तो सम्प…

नजिर सार पढ्नुहोस् →