नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6058 · वि.सं. २०५२
नि.नं. 6058 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गाको श्रेस्ताको व्यहोरा सच्याउने सम्बन्धमा तत्सम्बन्धी कानुनी व्यवस्था हेर्दा मालपोत ऐन, २०३४ को दफा ७(३) मा जग्गावालाको नाम थर वतन उमेर वा जग्गाको कित्ता नम्बर क्षेत्रफल वा किसिम फरक परेकोमा वा दोहोरो दर्ता हुन गएकोमा मालपोत कार्यालयले आवश्यक जाँचबुझ गरी सो कुरा सच्याई दर्ता कायम गर्न सक्नेछ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत ऐनको व्यवस्थाबाट व्यक्तिको हक स्वामित्वमा असर नपर्ने गरी सामान्य व्यहोरा सम्म सच्याउन सक्ने देखिन आउने । (प्रकरण नं. ९) § मालपोत कार्यालयको निर्णयमा पनि स्वामित्वमा असर नपर्ने गरी भन्ने उल्लेख भएको पाइन्छ तापनि विवादित विषयमा निवेदकको नाम संयुक्त दर्तावालाको नामबाट कटाई दिंदा निजको हक स्वामित्वमा असर पर्दैन भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6058 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ। |
| निर्णय वर्ष / मिति | 2052/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6058 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
