नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6040 · वि.सं. २०५२

नि.नं. 6040 — हक कायम लेखत बदर दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश मुद्दामा अंशियारका नाउंमा कायम रहेको सम्पत्ति मात्र बण्डा लाग्ने हुन्छ र सोही सम्पत्तिको तायदाती दिएको मात्र सदर कायम रहन सक्ने । (प्रकरण नं. १५) आफ्नो हक जिम्मामा नरहेको र दर्ता नै राजीनामाबाट अरुको कायम भई आफ्नो हक जिम्मा र दर्ता टुटी सकेपछि त्यस्तो सम्पत्तिलाई तायदातीमा देखाई बण्डा हुने गरी भएको फैसलाले राजीनामा गरी लिने बच्चेलालको हकमा अंश मुद्दाको निर्णयको विषय हुन नसक्ने । (प्रकरण नं. १५) प्रस्तुत मुद्दाको विषय लिखत बदर रहेको र अंश मुद्दा पर्नु पूर्वको मुद्दा भएको र अंश मुद्दामा पुनरावेदक प्रतिवादी पक्ष नरहेको अवस्थामा निजको हक जान सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १५) बकसपत्रबाट पाएको जग्गा सगोलको सम्पत्तिबाट बढे बढाएको हो भन्ने कुराको प्रमाण कुनै गुजार्न सकेको देखिएन । यस अवस्थामा अंशबण्डाको १८ नं. ले बकसपत्र पाएको जग्गा भोली चौधरी र लगत वतियाको निजी आर्जनको सम्पत्ति मान्नु पर्ने र त्यस्तो सम्पत्ति आफूखुश गर्न पाउने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6040
मुद्दाको विषयहक कायम लेखत बदर दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2052/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6040
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्