नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6052 · वि.सं. २०५२
नि.नं. 6052 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन निर्णयको जानकारी पाउनु भन्दा अगावै आफूले सम्माननीय प्रधानमन्त्री छेउ समेतमा दिएको निवेदनलाई आधार बनाई विलम्ब भएको छैन भन्नु उचित नदेखिने । (प्रकरण नं. १०) § उचित न्यायिक निकाय भन्दा अन्यत्र निवेदन दिई कारवाई चलाइएको कारणले विलम्ब क्षम्य हुन सक्दैन । त्यस्तो ढिलाई मुनासिब मान्न नमिल्ने । (प्रकरण नं. १०) § आफ्नो हक हनन भएको छ भने निवेदक आफ्नो हक प्रति सजग रहनु पर्छ र समयमा नै उचित निकायमा आउनु पर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6052 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2052/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6052 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
