नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6053 · वि.सं. २०५२

नि.नं. 6053 — उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आयकर ऐन, २०३१ को दफा ३४(५) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क)(ख)(ग) र (घ) मा उल्लेख भएको कुनै प्रश्नमा प्रत्यक्ष कानुनी त्रुटी भई महा–निर्देशक वा निजले तोकेको अधिकृतले दिएको निर्णय पूर्ण वा आंशिक रुपमा उल्टीने देखि पुनरावेदन अदालतले आफू समक्ष पुनरावेदन गर्न अनुमति दिएकोमा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ भन्ने व्यवस्था भैरहेको र निवेदक सोही ऐनको सोही दफा ३४(५) बमोजिम निवेदन दर्ता गर्न गएको समेत देखिन आउँछ । यसरी कानुनमा भएको व्यवस्था अनुसार दर्ता गर्न अदालतमा पेश भएको कागजातहरु दर्ता गर्न मिल्ने हो होइन आफ्नो क्षेत्राधिकार भित्रको हो होइन जाँची क्षेत्राधिकार भित्रको नदेखिए क्षेत्राधिकार भएको फलाना अड्डामा जानु भनी पिठमा लेखी छाप लगाई तुरुन्त फिर्ता दिनुपर्छ भन्ने मुलुकी ऐन अदालती बन्दोवस्तको २९ नं. को देहाय ७ नं. मा व्यवस्था भएको देखिन्छ । यसरी उल्लेखित व्यवस्था भैरहेको परिप्रेक्षमा पुनरावेदन अदालत पोखराले मिति ०४९।३।७ मा निवेदकको पुनरावेदन गर्न अनुमति पाउँभनी दिएको निवेदन लाग्न नसक्ने भनी दरपिठ गरेको आदेश मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब निवेदकको पुनरावेदन अदालत, पोखरामा परेको पुनरावेदनको अनुमति पाउँभन्ने निवेदन हेर्ने क्षेत्राधिकार पुनरावेदन अदालत बुटवलको देखिँदा पुनरावेदनको अनुमति पाउँभन्ने निवेदन हेरी कानुन बमोजिम गर्नको लागि निवेदन सहितको कागजात पुनरावेदन अदालत बुटवलमा पठाई दिनु भनी पुनरावेदन अदालत पोखराका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6053
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ।
निर्णय वर्ष / मिति2052/02/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6053
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्