नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6062 · वि.सं. २०५२
नि.नं. 6062 — करारनामा बमोजिम लिखत पास गराई पाउँ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले दावी लिएको विवादको कि.नं. ३१७ को जग्गा प्रतिवादी अब्दुल कैयुम अन्सारी समेत ३ जनाको नाउँमा संयुक्त दर्ता रहेको देखिन्छ । तिन जनाको नाउँमा संयुक्त दर्ता रहेको जग्गा एक जनाले मात्र बिक्री गरी दिने गरी बैना लिनु दिनु गरेको लिखतलाई करारको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. ७) § विवादको सम्पूर्ण जग्गामा हक दावी गर्नेले बैना दिएको रकम कटाई बाँकी रकम धरौट राखेर मात्र उजूर गर्नु पर्नेमा सो बापतको रकम धरौट नराखेबाट वादीले आफ्नो दायित्व पुरा गरेको सम्झन नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6062 |
|---|---|
| मुद्दाको विषय | करारनामा बमोजिम लिखत पास गराई पाउँ। |
| निर्णय वर्ष / मिति | 2052/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6062 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
