नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6045 · वि.सं. २०५२

नि.नं. 6045 — उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

यातायात संस्थान, संस्थान ऐन, २०२१ को दफा ३ अन्तर्गत गठन भएको देखिन्छ र सोही संस्थान ऐन, २०२१ अन्तर्गत सो संस्थानको संचालक समितिले सो संस्थानका कर्मचारीहरुको सेवा शर्त सम्बन्धमा समेत श्री ५ को सरकारको स्वीकृति प्राप्त गरी विनियम बनाउन सक्ने । (प्रकरण नं. ८) यातायात संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, २०४४ को परिच्छेद ९ को विनियम १ को उपविनियम (१) मा संस्थानको कर्मचारीको उमेर ५८ वर्ष पूरा भएपछि वा संस्थानमा कर्मचारीको सेवा २५ वर्ष पूरा भएपछि त्यस्तो कर्मचारीलाई संस्थानको सेवाबाट अवकाश दिइनेछ भनी मिति २०४९।८।१२ मा संचालक समितिको ६११ औं बैठकबाट तुरुन्त प्रारम्भ हुने गरी संशोधन भएको भन्ने देखिएको र श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयको प.सं. ०४९।५० च.नं. ६१ को सोही मिति २०४९।८।१२ को पत्रबाट उक्त विनियमको संशोधन स्वीकृत भएको भन्ने समेत भएबाट सो विनियममा भएको संशोधनको प्रकृया कानुन अनुरुपकै देखिन आउने । (प्रकरण नं. ८) विनियमका आधारमा अवकाश दिइएको देखिएकोले अवकाश पत्रमा सो विनियमावलीको उल्लेख नभएको भए पनि निवेदकलाई दिएको सो अवकाश पत्र गैरकानुनी भन्न मिल्ने नदेखिने। (प्रकरण नं. ८) एकै दिन अर्थात एकै मिति २०४९।८।१२ मा विनियममा संशोधन भई सोही मिति २०४९।८।१२ मा निवेदकलाई अवकाश दिने निर्णय भएकोमा पनि तुरुन्त प्रारम्भ हुने गरी विनियम संशोधन भएको हुंदा त्यसरी सोही दिनमा नै तत्काल अवकाश दिन संस्थानलाई कुनै बाधा पर्ने नहुंदा प्रशासनिक दृष्टिबाट अनुकूल हेरी अवकाश दिइने हो र सोही मितिमा अवकाश दिइएको रहेछ भने एकै दिन भएको भन्ने आधारमा मात्र पनि सो अवकाशपत्र गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ८) कर्मचारीको सेवा शर्त निर्धारण गर्ने कुरा नीतिगत विषय भएको र सोही मुताविक भइरहेको व्यवस्थाको सट्टा कर्मचारीले उमेर ५८ वर्ष वा २५ वर्ष नोकरी अवधि पूरा गरेपछि अवकाश पाउने गरी अधिकार प्राप्त संचालक समितिबाट भएको निर्णय अनुसार विनियममा संशोधन भई तत्काल लागू भएको हुंदा निवेदकलाई पूर्व जानकारी नहुन सक्छ, तर निवेदक एक जनाको हकमा मात्र सो लागू भएको नभै सम्पूर्ण कर्मचारीहरुका हकमा समान रुपले लागू भएको साथै विनियम सार्वजनिक जानकारीको लागि प्रकाशित भएपछि मात्र लागू हुन सक्ने व्यवस्था भएको नहुंदा यस्तोमा निवेदकले छुट्टै जानकारी नपाएको तथा निवेदकको हकमा मात्र भेदभावपूर्ण नीति अपनाएको भन्न मिल्ने स्थिति समेत प्रस्तुत निवेदकका हकमा देखिन नआउने। (प्रकरण नं. ८) संचालक समितिको ६११ औं बैठकको निर्णयबाट नेपाल यातायात संस्थानका कर्मचारी सेवा शर्त विनियमावली, २०४४ को परिच्छेद ९ को विनियम १(१) मा भएको उक्त संशोधन नै संवैधानिक छैन भन्ने निवेदकले त्यस्तो निवेदन दावी गर्न पनि नसकेको स्थितिमा सोही संशोधित विनियमावली बमोजिम निवेदकलाई दिएको अवकाशपत्रबाट निवेदकको संवैधानिक कुनै हक हनन् भएको तथा नोकरीमा बहाल रहन पाउने कानुनी हकको अपहरण भएको मान्न नमिल्ने। (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6045
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ
निर्णय वर्ष / मिति2052/05/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6045
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्