नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6049 · वि.सं. २०५२

नि.नं. 6049 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि लिखतको व्याख्या गर्दा त्यो लिखत कुन तात्पर्यको लागि तयार गरिएको हो र कस्तो चरित्रको हो हेर्नु पर्ने । (प्रकरण नं. १७) § २०१६।७।५ को लिखतमा “छोरा बुहारीलाई खान जिउनी सम्म” भन्ने उल्लेख भएको देखिन्छ । सो उल्लेखन अनुसार सो लिखतको तात्पर्य छोरा बुहारीलाई जीवन यापन गर्न आवश्यक पर्ने जग्गा जीवन धान्नको लागि दिएको कुरा उक्त लिखतमा उल्लेखित “सम्म” भन्नेले सोही सीमा सम्ममा सीमित गरेको भन्ने देखिन आएकोले सो उद्देश्य भन्दा बेगल खतिउपति आफ्नो आफ्नो हुने गरी कानुन बमोजिम मानो छुट्टिएको लिखत मान्न मिल्ने नदेखिने । (प्रकरण नं. १७) § मानो छुट्टिएको रीतपूर्वकको कागज हुनलाई सो लिखतमा खति उपति बारे उल्लेख भई आज देखि खति उपति आ–आफैले व्यहोर्नु पर्ने भन्ने व्यहोरा उल्लेख अनिवार्य हुने । § (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6049
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2052/08/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको मिति २०१६।७।५ लाई नै मानो छुट्टिएको मिति कायम गरेको हदसम्म म सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर हुनुपर्दछ भन्ने बहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिब ठहर्छ। मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6049
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्