सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १४३ / ४४०

नि.नं. 8106वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश समेत

§ कानूनमा नै स्पष्ट व्यवस्था भएकोमा आफू अनुकूल व्याख्या गरी कानूनको प्रावधानलाई निस्तेज गर्न मिल्दैन । कानून व्याख्याको नियमले पनि त्यस्तो गर्न मिल्ने होइन । (प्रकरण नं.४) § का.स.मु. को अङ्क सम्बन्धित कर्मचारीको कार्यसम्पादन, कार्यक्षमता आदिको आधारमा तोकिएको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8105वि.सं. २०६६संयुक्त इजलास

नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम ।

§ कानूनबमोजिम हुनै नसक्ने तथ्य र ब्यहोरा ढाँटेर वा झूठ्ठा व्यहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानु पर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनु पर्ने भनी जुन सुकै व्यहोराले गरे गराएको दर्ता वा नामसारी दूषित हुन्छ । त्यसउपर असली हकवालाले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8104वि.सं. २०६६संयुक्त इजलास

सवारी ज्यान

§ प्रतिवादीले खरिद गरी लिएको भनी वयान गरेको आधारबाट मात्र सवारी धनीको हैसियत कायम गर्न नमिल्ने । § प्रतिवादी चालक भएकोसम्म देखिँदा चालकबाट सवारी धनीको दायित्व व्यहोर्न लगाउन नमिल्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 8103वि.सं. २०६६संयुक्त इजलास

करार शर्त लिखतअनुसार जग्गा फिर्ता दिलाई पाऊँ

§ विवादका दुवै पक्षहरूका बीच एक पक्षले अर्को पक्षको दायित्व के हुने भन्ने बारेमा स्पष्ट उल्लेख गरेको र उक्त लिखत पुनरावेदकको इच्छाविरुद्ध भएको भन्ने समेत पुनरावेदकको भनाई नभएकोले यस्तो लिखतलाई करार भन्न नमिल्ने अवस्था छैन । (प्रकरण नं.३) § करारका पक्षले दायित्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8102वि.सं. २०६६संयुक्त इजलास

परमादेश

§ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा रद्ध गर्नुभन्दा अगाडि परीक्षा रद्ध हुनाको परिणामस्वरुप सेवाबाट निष्काशित हुने यी निवेदकलाई कुनै किसिमको सुनुवाईको मौका प्रदान गरेको पाइँदैन । सुनुवाईको मौका प्रदान नगरी परीक्षा रद्ध गर्ने अख्तियार दुरुपयोग अनुसन्धान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8101वि.सं. २०६६संयुक्त इजलास

परमादेश

§ अपराध अनुसन्धानको सिलसिलामा वा थुनामा रहेको व्यक्तिलाई राज्यले उच्च मर्यादा र उच्च नैतिकता कायम गरी व्यवहार गर्नुपर्छ । अपराध अनुसन्धानको नाउँमा वा कार्यकारी अधिकार सम्पन्न हैसियतको अधिकारीको नाममा राज्यले संवैधानिक एवं कानूनी व्यवस्था र मानव अधिकारको न्यूनत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8100वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ समान प्रकारका कम्पनीहरू बीच राज्यले Similarly Situated कम्पनीहरूलाई कुनै खास उद्देश्यले निश्चित आधार र कारणको आधारमा वर्गीकरण नगरी भेदभाव र असमान व्यवहारसमेत गर्न सक्दैन र यस्ता कम्पनीहरूका विरुद्ध राज्यले स्वेच्छाचारी निर्णय गरेमा समानताको हक समेत आकर्षण हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8099वि.सं. २०६६संयुक्त इजलास

जबर्जस्ती करणी

§ पुनरावेदक प्रतिवादीको लिङ्गमा घाउ चोट नभएको कुरालाई प्रतिवादीको निर्दोषिताको प्रमाण मान्न नसकिने । § सवल पुरुषको उत्तेजित लिङ्गको सामान्य घर्षण वा प्रवेशबाटै बालिकाको यौनाङ्ग च्यातिनु कुनै अस्वाभाविक घटना होइन र यस्तो अवस्थामा यस अदालतले एक अवोध बालिकामाथि भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8098वि.सं. २०६६संयुक्त इजलास

जग्गा रोक्का  ।

जग्गा रोक्का

§ जुनसुकै प्रकारको धितो बन्धकको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने अन्यथा त्यस्तो लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.२) § पारित नै नभएको घरायसी मन्जूरनामाको आधारमा तेस्रो व्यक्तिलाई प्रवाह गरेको ऋणवापत प्रत्यर्थीको जग्गा रोक्क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8097वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण, परमादेश समेत ।

§ मध्यस्थको निर्णय र पुनरावेदन अदालतको फैसला बमोजिम विपक्षीलाई दिनुपर्ने रकम बुझाई सो फैसलाको अस्तित्व र त्यसको कार्यान्वयनलाई स्वीकार पनि गर्ने र मध्यस्थको निर्णय तथा पुनरावेदन अदालतको सोही निर्णयलाई चुनौती दिने गरी दायर भएको प्रस्तुत रिट निवेदन स्वतः आधारहीन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8096वि.सं. २०६६संयुक्त इजलास

परमादेश मिश्रित प्रतिषेध

§ अज्ञात नागरिक यस धरतीमा छन् वा छैनन, छन् भने कहाँ कुन रुपमा छन् ती बेपत्ता बनाइएका हुन भने कसले, किन कहिले र कसरी बेपत्ता बनायो वा स्वयंम् बेपत्ता भए बेपत्ता बनाउने कार्यमा को को सँलग्न छन् र यो आपराधिक कार्य हो, होइन र यदि हो भने तिनका लागि प्रचलित कानूनमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8095वि.सं. २०६६संयुक्त इजलास

घर जग्गा खिचोला

§ अचल सम्पत्तिको हक अधिकारको मुलस्रोत नै लिखत कागज भएकाले त्यस्तो लिखत प्रमाण हुँदाहुँदै सोलाई बाहेक गर्न नमिल्ने । (प्रकरण नं.४) § जुन पक्षसँग जग्गाधनी प्रमाण पूर्जा हुन्छ र त्यो अन्यथा भएको हुँदैन भने स्वामित्वको परिचायक त्यही पूर्जा नै हो । जग्गाधनी प्रमाण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8094वि.सं. २०६६संयुक्त इजलास

विदेशी विनिमय

§ प्रतीतपत्रमा उल्लिखित विदेशी मुद्रा यु.एस.डलर बराबरको नेपाली रुपैंयाको बैंक ग्यारेन्टी जमानीसम्म बसेको अवस्थामा जमानत बस्नेले नै प्रतीतपत्रको कारोवार गरेको र सो प्रतीतपत्र अनुरूप विदेशी सामान आयात नगरेको भन्ने अर्थ गर्न मिल्ने नदेखिने । § सम्बन्धित बैंकले प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8093वि.सं. २०६६संयुक्त इजलास

खून डाँका ।

§ घटना भएको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसूर प्रमाणित नहुने । § घटना घटेको कुरामा विवाद नहुँदा नहुँदै पनि सो घटना घटेको तत्कालपछि दिइएको जाहेरी दरखास्त र मौकामा कागज गर्ने व्यक्तिको भनाईमा अपराध गर्ने व्यक्ति स्पष्ट नभएको अवस्थामा घटना घटेको लामो अबधि व्यती…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8092वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण समेत

§ एउटै दफाभित्रको समग्र प्रावधानलाई नहेरी केबल त्यसभित्रको सीमित बाक्य, बाक्यांश वा शब्दका आधारमा मात्र व्याख्या गर्ने हो भने त्यस कानूनको अपव्याख्या हुन जाने भएकाले सर्वोच्च अदालत ऐनको दफा ११ को उपदफा (२) को खण्ड (घ) लाई मात्र आधार बनाएर सर्वोच्च अदालतमा अन्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8091वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण समेत

§ एउटा विषयसँग सम्बन्धित विशेष व्यवस्था अर्को विषयसँग मिल्नै पर्छ र सबै व्यवस्था सबैका हकमा लागू हुनुपर्छ भनी माग गर्नु आफैँमा समानता सम्बन्धी अवधारणा प्रतिकूल हुन जाने । § संविधानले निश्चित गरेको आधारबिना नियमित प्रक्रियाअन्तर्गतबाट साधिकार निकायले निरुपण गरि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8090वि.सं. २०६६पूर्ण इजलास

चलन समेत

§ बुझिएका व्यक्तिको कानूनी हैसियत परिवर्तन भई वादीको सरह कायम हुने भन्ने मात्र आधारमा छुटै थप दावी लिन सक्ने अवस्था नहुने । (प्रकरण नं.८) § अन्तिम भएर रहेको मुद्दा यथावत् कायम रहँदासम्म त्यसैलाई आधार मानी गरिएको मुद्दाको फैसलामा अन्यथा बोल्न नमिल्ने । § विवादक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8088वि.सं. २०६६संयुक्त इजलास

अंश ।

§ अंशियारहरूको आफ्नो भोग ब्यवहार बमोजिम कानूनद्वारा उपलब्ध अनेक उपाय मध्ये कुनै पनि उपाय अवलम्बन गरी आफ्नो ब्यवहार मिलाउन स्वतन्त्र हुने तर यसको तात्पर्य बकसपत्रबाट पाएकोलाई अंशबण्डा नै हो भनी सामान्य अर्थ गर्नुपर्ने वा अंशबण्डा लिखतको विकल्पको रुपमा मान्यता प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8087वि.सं. २०६६संयुक्त इजलास

अंश ।

§ सगोलमा रहनु र संयुक्त दर्ता हुनु दुई अलग–अलग अवस्था हुन् । अंश नलिई सगोलमा रहेको बेला कुनै अंशियारको परलोक भएमा निजको नामको सम्पत्ति कुनै एक अंशियारको नाममा नामसारी भए पनि त्यसबाट सबै अंशियारको भाग लाग्ने तर अंशबण्डा भईसकेपछि कुनै एक अंशियारको परलोक भएपछि नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8086वि.सं. २०६६संयुक्त इजलास

जग भत्काई खिचोला मेटाई चलन ।

§ जग भत्काउनेतर्फ दावी लिई सकेपछि विवादित अवस्थामा प्रतिवादीले घर बनाउँछ भने त्यसको परिणाम प्रतिवादीले व्यहोर्नु पर्ने, जग भत्काई पाऊँ भनी मुद्दापरी विचाराधीन अवस्थामा रहेकोमा घर निर्माण कार्य भएको देखिएको हुँदा घर निर्माण कार्य सम्पन्न हुनु पूर्वनै घरको जग भत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8085वि.सं. २०६६संयुक्त इजलास

भ्रष्टाचार ।

§ दृश्य नभएको अभियोगपत्र साथ पेश भएको (सि.डि.) लाई मूल प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । § घूस मागेको कारणले पीडित भएको भन्ने दावी लिई उजूरी दिने स्वयं निज उजूरीकर्ताबाट उजूरीलाई खण्डित हुनेगरी अदालतमा बकपत्र गर्दछ भने त्यस्तो अवस्थामा अन्य स्वतन्त्र प्रमाणब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8084वि.सं. २०६६संयुक्त इजलास

मोही नामसारी गरी मोही पुर्जा पाऊँ ।

§ बाटो भन्ने किल्ला प्रायः परिवर्तन हुँदैन भने व्यक्तिका जग्गाको हस्तान्तरणसँगै स्वामित्व परिवर्तन हुन सक्ने । § २०२१ सालदेखि हालको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिको नाउँमा फरक फरक कित्ता कायम भई स्वामित्वमा फेरवदली हुँदै आउनु स्वाभाविक हुने । (प्रकरण नं.५)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8083वि.सं. २०६६संयुक्त इजलास

लागू औषध सेतो हेरोइन खरिद तथा बिक्री वितरण ।

§ लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(क) अनुसार कसूरदार ठहर हुनको लागि कुनै पदार्थलाई लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको देखिनु पर्ने । § लागूपदार्थ हो भन्ने विश्वासमा पारी कारोबार समेत गरेको भन्ने देखिन नआएको र कुनै वस्तु बरामद भै जाँच गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8082वि.सं. २०६६संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ मृतकलाई मार्नका लागि प्रयोग गरिएको छुरी घटनास्थल उत्तर स्कूलको झ्यालमा माथिबाट पानी बगी आएको हिलो, सोही हिलोमा धारिलो ११ इन्च लामो छुरी फेला परेको बरामदी मुचुल्काबाट देखिन्छ । उल्लिखित आधार प्रमाणहरूबाट कसूर अपराध प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार बस्तुनिष्ठ…

नजिर सार पढ्नुहोस् →