नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8086 · वि.सं. २०६६
नि.नं. 8086 — जग भत्काई खिचोला मेटाई चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग भत्काउनेतर्फ दावी लिई सकेपछि विवादित अवस्थामा प्रतिवादीले घर बनाउँछ भने त्यसको परिणाम प्रतिवादीले व्यहोर्नु पर्ने, जग भत्काई पाऊँ भनी मुद्दापरी विचाराधीन अवस्थामा रहेकोमा घर निर्माण कार्य भएको देखिएको हुँदा घर निर्माण कार्य सम्पन्न हुनु पूर्वनै घरको जग भत्काई पाऊँ भनी दावी परिसकेको अवस्थामा घर भत्काई पाऊँ भनी छुट्टै दावी लिनुपर्छ भन्ने तर्क औचित्यपूर्ण नहुने । (प्रकरण नं.४) § मुद्दा परी कारवाही चली विचाराधीन रहेको अवस्थामा घर निर्माण भएको देखिँदा जग बाहेकको बाँकी घरको भाग भत्काउनेतर्फ छुट्टै दावी लिनै पर्ने नभई जग भत्काई पाऊँ भन्ने दावीबाट नै सो अवैध जगमाथि निर्माण भएको घर भत्काउन मिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8086 |
|---|---|
| मुद्दाको विषय | जग भत्काई खिचोला मेटाई चलन । |
| निर्णय वर्ष / मिति | 2065/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8086 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
