नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8087 · वि.सं. २०६६

नि.नं. 8087 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सगोलमा रहनु र संयुक्त दर्ता हुनु दुई अलग–अलग अवस्था हुन् । अंश नलिई सगोलमा रहेको बेला कुनै अंशियारको परलोक भएमा निजको नामको सम्पत्ति कुनै एक अंशियारको नाममा नामसारी भए पनि त्यसबाट सबै अंशियारको भाग लाग्ने तर अंशबण्डा भईसकेपछि कुनै एक अंशियारको परलोक भएपछि निजको सम्पत्ति अन्य अंशियारहरूको संयुक्त नामसारी दर्ता गराएका छन् भने सो संयुक्त नामसारी दर्ता गराएकै आधारमा ती अंशियारहरूलाई सगोलको अंशियार भन्न नमिल्ने । (प्रकरण नं.६) § भिन्न भएको बाबुको परलोकपछि निजका नामको बाँकी रहेको जग्गा वा अचल जेथामा कानूनबमोजिम अन्यथा भएमा बाहेक निजका जीवित छोरा–छोरीहरू सबैको भाग लाग्नु स्वभाविकै हुनेहुदा संयुक्त नामसारी गराइएको जग्गामा सबै दर्तावालाहरूको बराबर भाग लाग्छ र आफूले चाहेको बेला आफ्नो भागसम्म छुट्याई लिन पाउने पनि हुन्छ । तर बाबुको नामको जग्गा निजको परलोकपछि पहिलादेखि भिन्न भई बसेका छोराहरूले सगोलमा वा संयुक्त रुपमा नामसारी गराएबाटै अंशबण्डाको प्रयोजनका लागि तिनीहरूको स्थिति सगोलको अंशियार जस्तो हुनजाने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) शुरु फैसला गर्नेः मा.जि.न्या.श्री देवेन्द्र राज शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री विनोदप्रसाद ढुंगेल, मा.न्या श्री कोमल नाथ शर्मा

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8087
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2066/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8087
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्