नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8099 · वि.सं. २०६६
नि.नं. 8099 — जबर्जस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक प्रतिवादीको लिङ्गमा घाउ चोट नभएको कुरालाई प्रतिवादीको निर्दोषिताको प्रमाण मान्न नसकिने । § सवल पुरुषको उत्तेजित लिङ्गको सामान्य घर्षण वा प्रवेशबाटै बालिकाको यौनाङ्ग च्यातिनु कुनै अस्वाभाविक घटना होइन र यस्तो अवस्थामा यस अदालतले एक अवोध बालिकामाथि भएको जबर्जस्ती करणी जस्तो नृशंश एवं निर्मम अपराधमा प्रतिवादीको लिङ्गको घाउ खतका चिन्हहरूको विद्यमानता रहे नरहेको भन्ने आधारलाई कुनै सहानुभूति दर्शाइ रहनु नपर्ने । (प्रकरण नं.५) § योनीमा औंला घुसाएको भनेपनि औंला घुसाएको भनेकै आधारमा जवर्जस्ती करणीको आरोपबाट निजलाई कम सजाय हुने अवस्था नदेखिने । (प्रकरण नं.६) § मानव सभ्यताउपर नै कलङ्क लगाउने गरी एक अवोध नाबालिकाउपर जबर्जस्ती करणी जस्तो जुन अमानवीय एवम निर्लज्ज अपराध भएको छ त्यसको गम्भीरतासमेतलाई हेरी प्रतिवादीउपर सजायको निर्धारण गर्नु नै उचित हुने । (प्रकरण नं.७) प्रत्यर्थी वादीः कबहादुरको जाहेरीले नेपाल सरकार. पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री अमीता दीक्षित
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8099 |
|---|---|
| मुद्दाको विषय | जबर्जस्ती करणी |
| निर्णय वर्ष / मिति | 2065/11/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| मुद्दा नं. | ०६४-cr-०७७१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8099 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
