नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8084 · वि.सं. २०६६
नि.नं. 8084 — मोही नामसारी गरी मोही पुर्जा पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बाटो भन्ने किल्ला प्रायः परिवर्तन हुँदैन भने व्यक्तिका जग्गाको हस्तान्तरणसँगै स्वामित्व परिवर्तन हुन सक्ने । § २०२१ सालदेखि हालको अवस्थामा आउँदासम्म विभिन्न व्यक्तिको नाउँमा फरक फरक कित्ता कायम भई स्वामित्वमा फेरवदली हुँदै आउनु स्वाभाविक हुने । (प्रकरण नं.५) § जग्गाको मोही आफू रहेको दावी गर्दै अनुसूचीवाला व्यक्तिले दावी लिएको स्थितिमा अनुसूचीसँग सम्वन्धित जग्गा अन्यत्र छ भन्ने व्यक्तिले नै प्रमाण ऐन, २०३१ को दफा २८ ले जिकिर लिने पक्षमै सो जग्गा देखाउने कुराको प्रमाणको भार हुने । (प्रकरण नं.८) § पुनरावेदन गर्ने हक परित्याग गर्न पनि सकिने, चित्त नबुझेको कुरामा पुनरावेदन गरिने हुँदा आंशिक कुरामा मात्र पनि पुनरावेदन गर्न सकिने नै हुँदा कुनै पनि कित्तामा मोही कायम नगरेको निर्णय उपर कित्ता नै किटान गरी केवल दुई कित्ताको मात्र मोही कायम गरी माग्दछ भने अन्य कित्ताका हकमा पुनरावेदन नपरेको मान्नु पर्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8084 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी गरी मोही पुर्जा पाऊँ । |
| निर्णय वर्ष / मिति | 2065/12/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8084 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
