नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8085 · वि.सं. २०६६
नि.नं. 8085 — भ्रष्टाचार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दृश्य नभएको अभियोगपत्र साथ पेश भएको (सि.डि.) लाई मूल प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । § घूस मागेको कारणले पीडित भएको भन्ने दावी लिई उजूरी दिने स्वयं निज उजूरीकर्ताबाट उजूरीलाई खण्डित हुनेगरी अदालतमा बकपत्र गर्दछ भने त्यस्तो अवस्थामा अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म प्रतिवादीले रिस्वत लिएको भनी ठहर गर्न न्यायसँगत नहुने हुदा शंकाको सुविधा अभियुक्तले पाउँने भन्ने फौज्दारी न्यायको सर्वमान्य सिद्घान्त समेतको आधारमा आरोपित कसूर गरेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं.५) § भ्रष्टाचार जस्तो गम्भीर अपराधमा अपराध स्थापित हुनको लागि आवश्यक पर्ने आधारभूत तत्वको विद्यमानता खम्बीर रुपमा प्रमाणित हुन नसकेको र अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको स्थितिमा भ्रष्टाचारको कसूरमा बिना प्रमाण दोषी करार गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक वादीः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की प्रत्यर्थी प्रतिवादीः
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8085 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार । |
| निर्णय वर्ष / मिति | 2065/11/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री रणबहादुर बम |
| मुद्दा नं. | २०६४-CR-०८३१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8085 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
