नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8082 · वि.सं. २०६६

नि.नं. 8082 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतकलाई मार्नका लागि प्रयोग गरिएको छुरी घटनास्थल उत्तर स्कूलको झ्यालमा माथिबाट पानी बगी आएको हिलो, सोही हिलोमा धारिलो ११ इन्च लामो छुरी फेला परेको बरामदी मुचुल्काबाट देखिन्छ । उल्लिखित आधार प्रमाणहरूबाट कसूर अपराध प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार बस्तुनिष्ठ तथा तथ्यगत आधारबाट प्रमाणित हुन आएको देखिने । (प्रकरण नं.४) § सह–अभियुक्त समेतको पोल, प्रमाणमा बुझिएका जाहेरवाला, घटनाका प्रत्यक्षदर्शी, मौकामा थाहा पाउने व्यक्तिहरूले गरिदिएको बकपत्र समेतका आधार प्रमाणबाट फलामको छुरी जस्तो धारिलो हतियारले रोपी घाइते बनाई सोही चोटपिरको कारणबाट उपचारार्थ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको पुष्टि हुन आएको तथा कुनै चोट पीर अवरोध समेत पुर्‍याएको मिसिलबाट नदेखिएको अवस्थामा एकपक्षीय रुपमा सांघातिक हमला गरी कर्तव्य गरी मारेको तथ्य स्थापित भएको देखिँदा कसूर अपराध गरेको ठहर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8082
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2065/11/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री रणबहादुर बम
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8082
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्