नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8090 · वि.सं. २०६६

नि.नं. 8090 — चलन समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बुझिएका व्यक्तिको कानूनी हैसियत परिवर्तन भई वादीको सरह कायम हुने भन्ने मात्र आधारमा छुटै थप दावी लिन सक्ने अवस्था नहुने । (प्रकरण नं.८) § अन्तिम भएर रहेको मुद्दा यथावत् कायम रहँदासम्म त्यसैलाई आधार मानी गरिएको मुद्दाको फैसलामा अन्यथा बोल्न नमिल्ने । § विवादको प्रश्न नै निहित नरहेको मुद्दामा अ.बं. १३९ नं. बमोजिम बुझिएका व्यक्तिले त्यस्तो प्रश्न उठाएर मुद्दाको प्रारम्भिक स्वरुपलाई नै परिवर्तन गर्न नपाउने । § वादीले उठाउँदै नउठाएको विषयमा अ.बं. १३९ नं. बमोजिम प्रतिवादी सरह कायम हुन आएका व्यक्तिले लिएको दावीका आधारमा न्याय निरुपण गर्ने हो भने मुद्दामा निरुपण गर्नुपर्ने विषयगत सीमा के कति हुने भन्ने कुरा नै अनिश्चित हुन जाने । § फिरादपत्रले कोरिदिएको विषयगत सीमा रेखालाई निरर्थक तुल्याउने गरी अदालतले व्याख्या र विवेचना गर्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8090
मुद्दाको विषयचलन समेत
निर्णय वर्ष / मिति2066/02/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8090
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्