नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8088 · वि.सं. २०६६
नि.नं. 8088 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशियारहरूको आफ्नो भोग ब्यवहार बमोजिम कानूनद्वारा उपलब्ध अनेक उपाय मध्ये कुनै पनि उपाय अवलम्बन गरी आफ्नो ब्यवहार मिलाउन स्वतन्त्र हुने तर यसको तात्पर्य बकसपत्रबाट पाएकोलाई अंशबण्डा नै हो भनी सामान्य अर्थ गर्नुपर्ने वा अंशबण्डा लिखतको विकल्पको रुपमा मान्यता प्रदान गर्न भने नहुने । § पाउनु पर्ने जति आफ्नो अंशहकको सम्पत्ति जुनसुकै माध्यमबाट प्राप्त गरिसकेको ब्यक्तिले अर्को पक्षसँग रहेको उत्तिकै सम्पत्तिबाट पुनः आफ्नो अंश हक खोज्दै जान नमिल्ने । (प्रकरण नं.३) § अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनु हुँदैन तर जे जति भए पनि एक पटक अंश लिई सकेपछि सो हक समाप्त हुन्छ । जुन सुकै ब्यहोराबाट भए पनि आफूले प्राप्त गर्ने भाग जति प्राप्त गरे पछि अंशबण्डाको लिखत नभएको भन्ने आधारमा पटक पटक अंशमा दावी गर्न र अंश पाई रहने भन्ने स्थिति स्वीकार्य हुन नसक्ने । (प्रकरण नं.४) § बकसपत्र प्राप्त गर्नुपूर्व आफ्नो नाममा कायम रहेको जग्गा बिक्री गरेको अवस्थामा अंशबण्डाको लिखत कै अभावको कारणले मात्र अंशबण्डा नभएको भनी मान्न नमिल्ने । (प्रकरण नं.५) § ब्यक्तिले पैत्रिक सम्पत्ति पाउने हकबाट विमुख हुन नहुने, जुनसुकै ब्यहोराबाट भए पनिे सम्पत्ति प्राप्त गरी सकेको छ भने त्यो अवस्थामा अंशबण्डाको लिखत पारीत नभएको भनी दावी गरी रहन पाउने र अदालतले अंश दिलाइ दिइरहने अवस्था हुनु नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8088 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2065/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8088 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
