सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २५० नजिर अभिलेखमध्ये पृष्ठ ९ / ११

नि.नं. 10220वि.सं. २०७६संयुक्त इजलास

मिलापत्र बदर टिप्पणी आदेश बदर

दर्ता गर्ने कार्य हक स्थापना गर्ने कार्य भएकोले रोक्‍का रहेको अवस्थामा भएको दर्तालाई कानूनबमोजिमको दर्ता मान्‍न नमिल्ने हुँदा गैरकानूनी कार्यबाट कानूनी हक सिर्जना भएको मान्‍न नमिल्ने । (प्रकरण नं.५) आफूले ऋण खाई धितोबन्धक राखी रोक्‍का रहेको जग्गालाई कुनै बेहोर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10219वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कानून र नियममा जेष्ठ नागरिकको सजाय छुट दिने अधिकारी को हो भन्ने स्पष्ट व्यवस्था नभएको सन्दर्भमा कैदको सजाय छुट दिन सक्ने अधिकारी तत्कालै किटान गर्नुपर्ने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10218वि.सं. २०७६संयुक्त इजलास

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।

कर्मचारीले सम्बन्धित निकायबाट स्वीकृति नलिई अन्यत्र कुनै प्रकारको नोकरी गर्ने वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्‍त गर्ने गरी परामर्शदाता, सल्लाहकार वा कुनै हैसियतले कार्य गरेमा सो विषय राष्ट्रसेवक कर्मचारीको व्यावसायिक आचरणको प्रतिकूल हुने हुँदा विभागीय कारबा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10217वि.सं. २०७६संयुक्त इजलास

अंश

कसैले कसैको सेवा, सुश्रुसा, पालनपोषण, दुःख समस्यामा पर्दा सहयोग गरेकोमा रिझबापत दाताले खुसीले आफ्नो हक पुग्ने सम्पत्ति त्यस्तो सेवा सुश्रुसा, पालनपोषण, सहयोग गर्ने व्यक्तिलाई नि:शुल्क दिएको बकस वास्तविक अर्थमा बकस मानिने । यसरी पाएको बकस नै पाउनेको निजी ठहरी आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10216वि.सं. २०७६संयुक्त इजलास

निषेधाज्ञा / परमादेश

निवेदकले माग नगरेको उपचार वा माग गरेभन्दा बढी उपचार वा सहुलियत अदालतले प्रदान गर्न नसक्ने । विवादको विषय मै केन्द्रित रही फैसला वा आदेश गर्नुपर्ने विषय न्याय र कानूनका मान्य सिद्धान्त नै हुन् । व्यापक जनहितका विषयमा अदालतले Judicial Activism देखाई निवेदकले नउठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10215वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कानून व्यवसायी न्याय सम्पादनको क्षेत्रमा कार्यरत रहने हुँदा र निरन्तर पेसामा रहेकाको लागि निजको परिचय खुलाउन निजको व्यावसायिक दर्ता प्रमाणपत्रको क्रमसंख्या आफैँमा पनि परिचयको मुख्य प्रमाणको रूपमा रहेको हुने । (प्रकरण नं.६) सूचनाको सिद्धान्तले सूचना इन्कार गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10214वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

समाजप्रतिको दायित्वबाट विमुख भई उद्योग व्यवसाय सञ्चालन गर्न पाउनु पर्दछ भन्ने तर्क स्वार्थ प्रेरित छ भने यसले अराजकतासमेत निम्त्याउने । (प्रकरण नं.७) वातावरण संरक्षण नियमावली, २०५४ को नियम १५ मा लिड जस्ता मानव स्वास्थ्यको लागि हानिकारक वस्तुका विषयमा किटान गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10213वि.सं. २०७६संयुक्त इजलास

निर्णय दर्ता बदरसमेत

संविधान प्रदत्त कुनै पनि मौलिक हक परित्याग गर्न नमिल्ने । मौलिक हकबाहेकका हक सम्बन्धित व्यक्तिले परित्याग गरेको कुराको जानकारी राख्दछ र सो कुरा कानूनद्वारा निषेधित छैन वा सार्वजनिक नैतिकता विरूद्ध छैन भने त्यस्तो अवस्थामा कानून प्रदत्त हक छाड्न सक्ने । अर्काको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10212वि.सं. २०७६संयुक्त इजलास

परमादेश

पीडितको पीडाको सम्बोधन पीडितमैत्री एवं पीडितको संरक्षण गर्ने खालको कानूनको निर्माण र त्यसको उचित कार्यान्वयनबाट मात्र हुन सक्ने । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10211वि.सं. २०७६संयुक्त इजलास

करारबमोजिम रकम दिलाई पाऊँ ।

करार गर्नको लागि पूरा गर्नुपर्ने कार्यविधि र करार गरी लाभ लिइसकेको अवस्था फरक फरक अवस्था हो । कुनै करार गरी कार्य सम्पन्न भई सोको लाभ प्राप्त गरेपछि करार हुनुपूर्व लागू हुने कार्यविधिगत प्रावधान उठाई करार नभएको भन्न मिल्दैन । कार्यविधिगत प्रावधानले सारवान् अधि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10210वि.सं. २०७६संयुक्त इजलास

परमादेश

वातावरण संरक्षणको कार्य गरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण गर्नुपर्ने दायित्व Parens patriae को सिद्धान्तअनुसार राज्यको हुने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10209वि.सं. २०७६पूर्ण इजलास

ट्रेडमार्क संशोधन

कानूनले निर्धारित गरेको प्रक्रिया अवलम्बन नगरी भएको करारबाट कुनै प्रकारको कानूनी संरक्षण प्राप्‍त नहुने । ९प्रकरण नं।२१० उद्योग नै बिक्री गरी हस्तान्तरण भइसकेको अवस्थामा सो उद्योगको भौतिक वस्तु मात्र हस्तान्तरण भएको र उद्योगको अभिन्‍न अंगको रूपमा रहेको त्यसको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10208वि.सं. २०७६पूर्ण इजलास

सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको

भ्रष्टाचार हुनु र बेरूजु हुनु फरक-फरक विषय हुन् । भ्रष्टाचारमा व्यक्तिगत फाइदा लिने बद्‌नियत तत्त्वको विद्यमानता हुन्छ भने बेरूजुमा खर्च भएको रकम बिल भरपाइद्वारा पुष्टि भएको हुँदैन । भ्रष्टाचारको कसुर स्थापित हुन सरकारी सम्पत्ति दूषित मनसायबाट खर्च गरी हानि नो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10207वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

नोकरीमा प्रवेश गर्दा बहाल रहेको सेवासम्बन्धी कानूनले प्रदान गरेको सुविधा र सेवाका सर्तहरूलाई संकुचन हुने र गर्ने गरी कुनै पनि कानून पछि बनाएर लागू गर्न हक अधिकारसम्बन्धी कुनै पनि मान्य कानूनी सिद्धान्तले राज्यलाई अनुमति प्रदान नगर्ने । (प्रकरण नं.२४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10206वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

आधारभूत रूपमा हेर्दा पनि छुट दर्ता माग गर्ने विषय हो, सो अधिकार होइन, छुट दर्ताको निवेदन पर्दैमा सोबमोजिम गरिहाल्नु पर्छ भन्‍ने नहुने । (प्रकरण नं.६) विवादित सम्पत्तिमा विभिन्न पक्षहरू मिली एकआपसमा तेरो मेरोको स्थिति देखाई निवेदन दिए भन्दैमा सम्बन्धित कार्यालय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10205वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

ऐनमा सेवा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम योग्यता भनेकोमा त्यो सेवा प्रवेशको लागि मात्र भन्ने बुझ्नुपर्ने र बढुवा प्रयोजनका लागि प्रमाणपत्र वा सोसरह भन्ने उल्लेख भएबाट सेवा प्रवेशका लागि आवश्यक योग्यता र बढुवा प्रयोजनको लागि आवश्यक पर्ने योग्यता फरक फरक रहेछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10204वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

सरकार सार्वजनिक सम्पत्तिको मालिक होइन, न्यासी मात्र हो । प्राकृतिक स्रोत वा सम्पदाको न्यास नेपालका सम्पूर्ण जनता, वर्तमान एवम् भावी पुस्ताको हितको लागि राखिएको हुँदा स्रोतको परिचालनको विषयमा देशका समस्त जनताको हित नहेरी सीमित व्यक्ति वा समुदायको लाभको लागि उसल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10203वि.सं. २०७६संयुक्त इजलास

परमादेश

विपद्‌ व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहसमेतको साझा सूचीमा परेको कारण भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपद्‌ वा आगलागी जस्ता गैरप्राकृतिक विपद्‌ नै संघ, प्रदेश र स्थानीय तहसमेतले उच्च प्राथमिकताका साथ समयन्वयात्मक रूपले जिम्मेवारी वहन गर्नुपर्ने । विपद्‌…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10202वि.सं. २०७६संयुक्त इजलास

लागु औषध खैरो हेरोइन

लागु औषधको सेवन तथा ओसारपसार एउटै अपराध नभई भिन्न प्रकृतिका अपराध हुन् । सेवन गर्ने गरेको तथ्य स्थापित भएको भन्ने आधारमा ओसारपसार, बिक्री वितरणको कसुर स्थापित हुने होइन । व्यापारिक कारोबार प्रकृतिको बिक्री वितरणको उद्देश्य प्रमाणित हुन आवश्यक हुने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10201वि.सं. २०७६संयुक्त इजलास

ठगी

कुनै प्रतिवादीका नाउँको म्याद तामेल हुन सकेन भन्दैमा स्वतः मुद्दा तामेलीमा राख्न मिल्दैन । म्याद तामेल हुन नसक्नुको कारणतर्फ अदालतले विवेकपूर्ण दृष्टि दिनु पर्दछ । जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क(४) मा रहेको प्रावधान नाम, थर, वतन नै खुल्न नसकेको अवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10200वि.सं. २०७६संयुक्त इजलास

करारबमोजिम क्षतिपूर्ति पाऊँ ।

मूलतः करार उल्लङ्घनको क्षतिपूर्तिको निर्धारण गर्दा करारका पक्षहरूको आचरण, व्यवहार, करारको दायित्व पूरा गर्ने तत्परतालगायतका विषय पनि महत्त्वपूर्ण हुने । करारको सर्त उल्लङ्घन भए तापनि अदालतमा मुद्दा परेपश्चात् पनि करार उल्लङ्घन गर्ने पक्षले नै आफ्नो दायित्व पूर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10199वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

“विस्तृत शान्ति सम्झौता” भएको कारणबाट सबै अवस्थाका व्यक्तिले जुनसुकै प्रकारको कसुरबाट पनि उन्मुक्ति पाउँदछ भन्नु तार्किक र यथार्थपरक दृष्टिकोण हुँदैन । कसले, कसलाई, के कसुरमा, कसरी कारबाही र सजाय गरेको छ भन्ने पक्ष महत्त्वपूर्ण हुने । नेपाली सेनाले सैनिक ऐन प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10198वि.सं. २०७६संयुक्त इजलास

हाडनातामा जबरजस्ती करणी

न्यायिक वा अर्धन्यायिक अधिकारीले स्वविवेकाधिकारको प्रयोग गर्दा न्यायिक मनको प्रयोगका साथ गर्नुपर्छ । न्यायिक मन न्यायकर्तामा हुनुपर्ने न्यायिक दक्षता मात्र हैन, नैतिक चेतना पनि हो । यसले न्यायिक स्वविवेकलाई उचित र न्यायपूर्ण बनाउन निर्देशित गर्दछ । यसले उचित अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10197वि.सं. २०७६संयुक्त इजलास

अपहरण तथा शरीर बन्धक

फौजदारी कसुरमा अभियोग दाबी प्रमाणित गर्दा प्रतिव्यक्ति प्रतिप्रमाणबाट पुष्टि हुनुपर्दछ । अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर प्रकृतिको फौजदारी कसुरमा प्रतिवादीउपरको अभियोग दाबी शंकारहित तवरबाट पुष्टि हुनुपर्दछ अन्यथा शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं.५…

नजिर सार पढ्नुहोस् →