नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10211 · वि.सं. २०७६
नि.नं. 10211 — करारबमोजिम रकम दिलाई पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
करार गर्नको लागि पूरा गर्नुपर्ने कार्यविधि र करार गरी लाभ लिइसकेको अवस्था फरक फरक अवस्था हो । कुनै करार गरी कार्य सम्पन्न भई सोको लाभ प्राप्त गरेपछि करार हुनुपूर्व लागू हुने कार्यविधिगत प्रावधान उठाई करार नभएको भन्न मिल्दैन । कार्यविधिगत प्रावधानले सारवान् अधिकार कुण्ठित नहुने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10211 |
|---|---|
| मुद्दाको विषय | करारबमोजिम रकम दिलाई पाऊँ । |
| निर्णय वर्ष / मिति | 2075/07/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी | माननीय न्यायाधीश श्री शिवराज अधिकारी |
| मुद्दा नं. | ०७३-CI-०८८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10211 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
