नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10201 · वि.सं. २०७६
नि.नं. 10201 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै प्रतिवादीका नाउँको म्याद तामेल हुन सकेन भन्दैमा स्वतः मुद्दा तामेलीमा राख्न मिल्दैन । म्याद तामेल हुन नसक्नुको कारणतर्फ अदालतले विवेकपूर्ण दृष्टि दिनु पर्दछ । जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क(४) मा रहेको प्रावधान नाम, थर, वतन नै खुल्न नसकेको अवस्थाका व्यक्तिको सम्बन्धमा आकर्षित हुने सामान्य प्रक्रियागत व्यवस्था हो । यो प्रावधानको अनुचित आड लिएर मुद्दा थन्क्याउने वा पन्छाउने प्रवृत्ति आपत्तिजनक देखिन्छन । अदालतहरूबाट कानूनको यसप्रकारको गलत, अतार्किक र अनुत्तरदायी प्रयोग हुनु उचित नहुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10201 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2074/10/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सत्यराज गुरूङ |
| मुद्दा नं. | ०७१-CR-०१४२ | ०७१-CR-०१४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10201 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
