नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10216 · वि.सं. २०७६

नि.नं. 10216 — निषेधाज्ञा / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकले माग नगरेको उपचार वा माग गरेभन्दा बढी उपचार वा सहुलियत अदालतले प्रदान गर्न नसक्ने । विवादको विषय मै केन्द्रित रही फैसला वा आदेश गर्नुपर्ने विषय न्याय र कानूनका मान्य सिद्धान्त नै हुन् । व्यापक जनहितका विषयमा अदालतले Judicial Activism देखाई निवेदकले नउठाएको वा माग नगरेको विषयमा समेत प्रवेश गरी माग गरेभन्दा बढी पनि आदेश गर्न सकिने भए तापनि दुई कम्पनीका बिचको विवादमा निवेदकले माग गरेभन्दा बढी उपचार दिनु वा माग गरेभन्दा फरक विषयमा प्रवेश गरी फैसला वा आदेश गर्न नमिल्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10216
मुद्दाको विषयनिषेधाज्ञा / परमादेश
निर्णय वर्ष / मिति2076/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी
मुद्दा नं.०७१-RB-०२८३
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10216
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्