नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10213 · वि.सं. २०७६
नि.नं. 10213 — निर्णय दर्ता बदरसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
संविधान प्रदत्त कुनै पनि मौलिक हक परित्याग गर्न नमिल्ने । मौलिक हकबाहेकका हक सम्बन्धित व्यक्तिले परित्याग गरेको कुराको जानकारी राख्दछ र सो कुरा कानूनद्वारा निषेधित छैन वा सार्वजनिक नैतिकता विरूद्ध छैन भने त्यस्तो अवस्थामा कानून प्रदत्त हक छाड्न सक्ने । अर्काको चल अचल सम्पत्तिलाई उनाउ व्यक्तिको हो भनी लेखाई दिने अधिकार नै नराख्ने व्यक्तिले कुनै सरकारी कार्यालयमा गएर लेखाई दिएकै आधारमा कुनै सम्पत्तिमा कानूनबमोजिम हक स्थापित भएको व्यक्तिको हक समाप्त नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10213 |
|---|---|
| मुद्दाको विषय | निर्णय दर्ता बदरसमेत |
| निर्णय वर्ष / मिति | 2074/07/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०६४-CI-०९७० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10213 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
