नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10208 · वि.सं. २०७६

नि.नं. 10208 — सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

भ्रष्टाचार हुनु र बेरूजु हुनु फरक-फरक विषय हुन् । भ्रष्टाचारमा व्यक्तिगत फाइदा लिने बद्‌नियत तत्त्वको विद्यमानता हुन्छ भने बेरूजुमा खर्च भएको रकम बिल भरपाइद्वारा पुष्टि भएको हुँदैन । भ्रष्टाचारको कसुर स्थापित हुन सरकारी सम्पत्ति दूषित मनसायबाट खर्च गरी हानि नोक्सानी पुर्‍याउने नियत र त्यसबाट आफूले लिनु खानु गरेको भन्ने प्रस्ट रूपमा देखिनु पर्ने । बेरूजुको हकमा बिल भरपाइद्वारा पुष्टि गराउन नसके बेरूजु भएको रकम खर्च गर्ने अख्तियारवालाले दाखिला गर्नु गराउनु पर्नेसम्मको दायित्व हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10208
मुद्दाको विषयसरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2075/04/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई | माननीय न्यायाधीश श्री पवनकुमार शर्मा | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराइको राय । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको मिति २०७४।१।१३ को छुट्टै राय । | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराइको राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो । प्रतिवादीहरूको तर्फबाट उपस्थित रहनु भएका विद्वान्‌ अधिवक्ता श्री महादेव पण्डितले मिठुलालदास प्रा.वि. नरहरगन्ज अचलगढ-६ लाई जिल्ला शिक्षा कार्यालय सर्लाहीको मिति २०६७/१/१२ को निर्णयद्वारा शैक्षिक सत्र २०६७ देखि प्राथमिक विद्यालय तहको कक्षा १ सञ्चालन गर्न अनुमति प्रदान भएको र जिल्ला शिक्षा कार्यालयकै मिति २०६८/५/२५ को निर्णयानुसार शैक्षिक सत्र २०६८ देखि लागू हुने गरी प्रा.वि.तहको कक्षा-२ सञ्चालन गर्न अनुमति प्रदान भएको अवस्था छ । विद्यालयको आफ्नो भवन नभए तापनि आसदेव दास कथवनियाको घरमा सञ्चालन गरिएको र सो विद्यालयको नाममा २ कठ्ठा जग्गासमेत रहेको भन्ने कुरा जग्गाधनी प्रमाणपुर्जासमेतबाट देखिँदा विद्यालयको अस्तित्व नै नरहेको भन्ने अभियोग दाबी खण्डित | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय सदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराइको राय रहेको र बेरूजु देखाइएको प्रतिवादीहरूउपरको दाबीको रकम राजश्व शीर्षकमा जम्मा गरी बेरूजु फछ्‌र्यौट गरिसकेको अवस्था हुँदा आरोपित कसुरबाट सफाइ दिने ठहर्‍याएको विशेष अदालत काठमाडौंको फैसला सदर हुने ठहर्छ भनी यस अदालतका माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको छुट्टाछुट्टै राय कायम भएको देखियो । | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराइको रायसँग सहमत हुन सकिएन । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय मनासिब देखिँदा सदर हुने ठहर्छ । सो ठहर्नाले प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
मुद्दा नं.०७४-CF-०००२
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10208
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्