सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २४१ नजिर अभिलेखमध्ये पृष्ठ ४ / ११

नि.नं. 10090वि.सं. २०७५संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

अपराधशास्त्रमा अभियुक्तउपर लिइएको अभियोग दाबीबमोजिमको कसुर आधार, प्रमाणबाट पुष्टि भएमा मात्र कसुरको मात्रा, कसुरमा अभियुक्तको संलग्नतालगायतका समग्र पक्षहरूको विश्लेषणपश्चात् अभियुक्तलाई सो कसुर गरेउपर मौजुद रहे भएको कानूनी व्यवस्थाबमोजिम मात्र सजाय गर्नुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10089वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण

सुनुवाइको सिद्धान्तको सुनिश्‍चितताको लागि मूलत: तीन पक्षहरूमा ध्यान दिनु पर्दछः कुनै व्यक्तिको विरूद्धमा निर्णयमा पुग्नुपूर्व सो व्यक्तिलाई सो कारबाहीको जानकारी दिनु पर्ने हुन्छ, सोको जानकारी दिएपश्‍चात् सो व्यक्तिलाई आफ्‍नो हकमा भनाइ राख्‍ने मौका दिनुपर्दछ र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10088वि.सं. २०७५संयुक्त इजलास

कर्तव्य ज्यान

फौजदारी मुद्दामा अभियुक्तउपर लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्न आवश्यक प्रमाणको संकलन एवं प्रस्तुतीकरण गर्ने जिम्मेवारी वादी पक्षमा निहित रहेको हुन्छ । अनुमान र शंकाको भरमा कर्तव्य ज्यान जस्तो कसुर अपराधमा कसैलाई दोषी ठहराउन मिल्दैन । अनुसन्धान तहकिकातब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10087वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

Eminent Domain को अवधारणा र हाम्रो विद्यमान कानूनी व्यवस्थाको आधारमा सार्वजनिक हितको लागि व्यक्तिको निजी सम्पत्ति उपयुक्त क्षतिपूर्ति दिएर राज्यले प्राप्त गर्न सक्ने देखिए पनि राज्यको अधिकारलाई प्रयोग गरी कुनै निजी कम्पनी वा व्यक्तिको व्यक्तिगत हितको लागि कुनै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10086वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

वर्तमान पुस्ताको एउटा प्रमुख जिम्मेवारी अन्तरवंशीय समन्यायको सिद्धान्तअनुसार आफूले भोगेको वा प्राप्त गरको सबै किसिमको प्राकृतिक, सांस्कृतिक सम्पदा, वन जङ्गल, हावापानी, वातावरण एवं जैविक विविधतालाई भावी पुस्ताको लागि सुनिश्‍चित गर्नु पनि हो । प्राकृतिक रूपमा प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10085वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सम्मानपूर्वक गुणस्तरीय जीवनयापन गरी बाँच्नको लागि अर्थोपार्जन गर्ने माध्यम र स्तरीय वातावरण दुवैको उत्तिकै महत्त्वपूर्ण स्थान छ । स्वच्छ र स्तरीय वातावरण जीवजन्तु र वनस्पतिलाई नभई नहुने तत्त्व हो र यसको अर्को कुनै विकल्प छैन । स्तरीय वातावरणको उपलब्धता नभएको अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10084वि.सं. २०७५पूर्ण इजलास

उत्प्रेषण / परमादेश

स्वच्छ सुनुवाइसम्बन्धी अवधारणाको विषयवस्तु व्यापक हुने भए पनि यस अवधारणाको सारतत्त्व भनेको मुद्दाका सबै पक्षलाई मुद्दाको प्रत्येक प्रक्रियामा स्वच्छता, शुद्धता र समानता कायम गर्नु हो । कानूनले निर्धारण गरेको प्रक्रियाको पालना एवं न्यायका मान्य सिद्धान्त तथा अद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10083वि.सं. २०७५संयुक्त इजलास

अप्राकृतिक मैथुन गरी जबरजस्ती करणी

आपराधिक कार्यको मनसाय कुनै छुट्टै रूपमा जाँच गरी पत्ता लगाउनुपर्ने विषय होइन । आपराधिक मनसाय थियो कि थिएन ? भन्‍ने तथ्य अपराध हुँदाको परिस्थिति, अपराध गर्न प्रयोग भएको साधन र सो साधनको प्रयोग गर्ने तरिका, अभियुक्तले वारदात गर्नुअघि वा वारदात हुँदाका अवस्थामा व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10082वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कानूनले निर्धारण गरेको म्यादभित्र पुनरावेदनउपर कुनै पनि निर्णय नगरी यथास्थितिमा राख्ने र निर्णय भएको भए पुनरावेदकलाई जानकारी नदिने कार्यलाई कानूनसम्मत मान्न मिल्ने देखिँदैन । आफूसँग प्राप्त भएको पुनरावेदन पत्रलाई समयमा नै किनारा लगाउनु पर्ने दायित्व सम्बन्धित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10081वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कानूनमा भएको प्रावधानको प्रयोग गर्दा कानून जे जस्तो अवस्थामा कायम छ, त्यही रूपमा प्रयोग गरिनु पर्दछ । अन्य कारण वा औचित्यको आधार देखाई प्रचलित ऐनमा रहेको प्रावधानलाई अन्यथा प्रयोग गर्ने छुट कसैलाई नहुने । कानूनी व्यवस्थाको कार्यान्वयनमा असर पुग्ने गरी आफ्नो क्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10080वि.सं. २०७५संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सामान्यतयाः अन्तिम भएर रहेको फैसलाले निश्चित गरेको सजाय कानूनबमोजिम भुक्तान गर्नै पर्ने हुन्छ । तर कानूनले कैद छोट्याउने सुविधा प्रदान गरेको स्थितिमा सोतर्फ विवेकसङ्गत रूपमा विचार नै नगरी स्वेच्छाचारी तवरबाट अधिकतम हदसम्म कैदमा नै राख्ने प्रयास गर्नु उचित हुँद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10079वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

व्यक्तिको जग्गा अधिग्रहण गर्ने निकायबाट समान अवस्था र हैसियतको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति प्रदान गर्ने मापदण्ड नै फरक हुनु, समान अवस्थाको कुनै जग्गावालालाई अत्यन्तै धेरै मुआब्जा प्रदान गर्ने र कसैलाई ज्यादै न्यून मुआब्जा प्रदान गर्ने कार्य न त कानूनद्वारा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10078वि.सं. २०७५संयुक्त इजलास

अंश चलन

अंशको हक जन्मबाट नै व्यक्तिले प्राप्‍त गर्ने हक हो । यो हक कुनै पनि तवरले कुण्ठित हुनु हुँदैन । हाम्रो कानून प्रणालीले अंशबन्डालाई पैतृक सम्पत्ति प्राप्‍त गर्ने महत्त्वपूर्ण स्रोतको रूपमा मान्यता दिएको र पैतृक सम्पत्तिबाट कोही पनि विमुख वा कसैलाई पनि निरअंशी ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10077वि.सं. २०७५संयुक्त इजलास

अबन्डा नामसारी

पैतृक सम्पत्तिको स्रोतबाट नै आएको सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्लेख नभए पनि सबै अंशियारको बीचमा समान रूपमा बन्डा गर्नु नै न्यायपूर्ण हुन्छ र अंशबन्डा गर्दा सबै अंशियारबीच समान हुने किसिमबाट गर्नुपर्छ भन्ने अंशबन्डाको सिद्धान्तअनुक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10076वि.सं. २०७५संयुक्त इजलास

कर्तव्य ज्यान

भवितव्य नठहर्ने कुरामा कसैले कसैलाई कुनै तरहले कुनै अंग भाँच्ने, छिनाल्ने गरी कुटपिट गरेकोमा त्यो थला परी निको नभई मरे कुटपिट गर्ने व्यक्तिलाई ज्यानमाराको बात लाग्छ । यस्तो अवस्थामा जतिसुकै समयपछि मरे पनि बात लाग्छ । यसमा सो चोट पीरले थला परी निको नभएको हुनुपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10075वि.सं. २०७५संयुक्त इजलास

आगोलागी

प्रमाण ऐन, २०३१ को दफा ९ अनुसार कुनै कुरा व्यक्त गर्दा अभियुक्त आफूले भने गरेको कुरा बुझ्न सक्ने गरी सचेत अवस्थामा थियो वा निजलाई बाध्य पारी, यातना दिई वा यातना दिने धम्की दिई वा कुनै कारबाही गर्ने धम्की दिई व्यक्त गर्न नलगाएको अवस्थामा अभियुक्तले अदालतबाहेक अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10074वि.सं. २०७५संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सामान्य सम्बन्धको अवस्थामा वा बाबु आमाको सम्बन्धमा दरार आए तापनि नाबालक सन्तानको स्याहारसम्भार, संरक्षण, पालनपोषण, शिक्षादिक्षा, स्वास्थ्योपचारलगायत आवश्यकताअनुसार उचित प्रबन्ध गर्ने दायित्व आमाबाबु दुवैको हुने । पतिपत्नीका बीचको सम्बन्धमा देखिएको समस्याको प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10073वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण

अकाट्य प्रमाणहरूका आधारमा रीतपूर्वकको निवेदन दिन ल्याएमा सम्बन्धित दाबीकर्ताको भोगाधिकारलगायत बुझ्नुपर्ने तथ्यगत प्रमाणहरू बुझी प्राप्त प्रमाणको विश्लेषणका आधारमा निर्णय गर्नुपर्ने । राज्यको प्राकृतिक सम्पत्तिको रूपमा रहेको कुनै पनि जमिनबारे हुने त्यस्तो निर्ण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10072वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

जिल्ला अदालतले पक्षबाट पेस भएको प्रमाणहरूको सत्यता र त्यसको प्रमाणिक हैसियत के कस्तो हो भन्नेबारेमा कानून र तथ्यको आधारमा विवेचना गरी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । पक्षले पेस गरेको प्रमाणको सत्यता जाँच्न र त्यसले मुद्दाको विवादको विषयमा राख्ने महत्त्व एवं प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10071वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सगोलमा छँदा खाएको ऋण असुलउपर गर्न लेनदेन मुद्दाको फैसलाले कायम गरेको बिगो भरिभराउमा दण्ड सजायको २६ नं. को कानूनी व्यवस्थाले सगोलको सम्पत्ति रोक्‍का रहेकोलाई कानूनविपरीत भन्‍न मिल्ने अवस्था नरहने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10070वि.सं. २०७५संयुक्त इजलास

मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी

मुख्यतः अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्ने बारेमा सोच्दछ वा मनसायको उत्पत्ति गर्दछ । दोस्रो हो तयारी चरण; यसमा मनले सोचेको कुरालाई कार्य रूप दिनका लागि आवश्‍यक पूर्वाधारहरू तयार वा वातावरण निर्माण गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10069वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण / परमादेश

निवेदकलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा लागेको कसुर कायम हुन नसकी यस अदालतबाट सफाइ पाएको प्रहरी कर्मचारीलाई मुद्दाको कारणबाट निलम्बनमा राखी बर्खास्त गरेकोमा सफाइ पाएपछि स्वतः पदमा पुनर्स्थापनाको हक रहिरहने । (प्रकरण नं.५) निवेदकको उमेर ४८ वर्ष पूरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10068वि.सं. २०७५संयुक्त इजलास

उत्प्रेषण

कुनै पनि न्यायिक अधिकारको प्रयोग गर्ने अधिकारी वा निकायले सारवान् कानूनका साथै कार्यविधि कानूनको पनि अक्षरश: पालना अनुशरण गर्नुपर्ने हुन्छ । कानूनी कारबाहीमा स्वच्छता, पारदर्शिता एवं निष्पक्षताको अपेक्षा गरी विधायिकाले कानून प्रयोग गर्ने तौरतरिकामा उचित प्रक्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10067वि.सं. २०७५संयुक्त इजलास

लागु औषध

कानूनले लागु औषधको कसुरलाई Possessory Crime को रूपमा परिभाषित गरी प्रमाणको भार प्रतिवादीमा निहित राखिदिएको र प्रतिवादीले लगाएको ट्रयाकसुटको खल्तीबाट ५९ ग्राम लागु औषध खैरो हिरोइन बरामद भएको अवस्थामा निजको अदालतको इन्कारी बयानलाई मात्र आधार मानी अभियोग दाबीको क…

नजिर सार पढ्नुहोस् →