नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10078 · वि.सं. २०७५
नि.नं. 10078 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशको हक जन्मबाट नै व्यक्तिले प्राप्त गर्ने हक हो । यो हक कुनै पनि तवरले कुण्ठित हुनु हुँदैन । हाम्रो कानून प्रणालीले अंशबन्डालाई पैतृक सम्पत्ति प्राप्त गर्ने महत्त्वपूर्ण स्रोतको रूपमा मान्यता दिएको र पैतृक सम्पत्तिबाट कोही पनि विमुख वा कसैलाई पनि निरअंशी बनाउन नहुने मान्यता आत्मसात् गरेको देखिने । (प्रकरण नं.४) बाबुको स्वतः अंशहक निहित रहने सम्पत्तिमा नातिनी पुस्ताका वादीको अंशहक नरहने भनी व्याख्या गर्नु अंशबन्डाको महलको कानूनी मनसायविपरीत र यस अदालतबाट प्रतिपादित न्यायिक सिद्धान्तको भावनाविपरीत हुन जाने । प्रत्यक्ष रूपमा बाबुको अंशहक रहने सम्पत्तिमा निजका छोरा छोरीको लागि पनि स्वतः अंशहक निश्रित रहन जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10078 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2074/07/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री ब्रजेश प्याकुरेल | माननीय न्यायाधीश श्री राजकुमार वन |
| मुद्दा नं. | ०७१-CI-१४९६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10078 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
