नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10086 · वि.सं. २०७५

नि.नं. 10086 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वर्तमान पुस्ताको एउटा प्रमुख जिम्मेवारी अन्तरवंशीय समन्यायको सिद्धान्तअनुसार आफूले भोगेको वा प्राप्त गरको सबै किसिमको प्राकृतिक, सांस्कृतिक सम्पदा, वन जङ्गल, हावापानी, वातावरण एवं जैविक विविधतालाई भावी पुस्ताको लागि सुनिश्‍चित गर्नु पनि हो । प्राकृतिक रूपमा प्राप्‍त गरेको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय महत्त्व भएको फेवाताल भावी पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको नै हुने । (प्रकरण नं.१६) आफूले उपभोग गरिरहेको प्राकृतिक स्रोत साधनबाट वर्तमानको उचित पहुँच र आवश्यकता पूरा गर्दै भावी पुस्ताको लागि हस्तान्तरण गर्नको लागि त्यस्तो प्राकृतिक स्रोत साधनमाथि हुने अनियन्त्रित दोहन रोक्नुका साथै प्राकृतिक रूपमा हुने क्षयीकरणलाई समेत नियन्त्रण गर्नु आवश्‍यक हुन्छ । त्यस्ता स्रोत साधनको संरक्षणको लागि गरिने कार्य पनि प्राकृतिक अवस्थामा नै त्यस्तो स्रोत साधनलाई बचाई राख्‍ने गरी गरेको हुनुपर्ने । विकास निर्माणको कार्य आफैँमा नराम्रो होइन, तर प्रकृतिले दिएको अपार स्रोत साधनको अनियन्त्रित र जथाभावी अतिक्रमण वा दोहन गरी यसको अस्तित्व नै संकटमा पार्ने गरी भएको विकास यथार्थमा दिगो विकास (Sustainable Development) नभई क्षणिक हुन्छ । यसैले प्राकृतिक स्रोत साधन र विकासका बीच सन्तुलन कायम गरी प्रकृतिको कमभन्दा कम दोहन गर्ने र प्राकृतिक उपहारलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु नै दिगो विकास हुने । (प्रकरण नं.१७) सम्मानपूर्वक बाँच्न पाउने हकअन्तर्गत गुणस्तरीय जीवनयापनको लागि चाहिने सबै अवयवहरू जस्तैः वातावरणीय सन्तुलन, स्वच्छता र जैविक विविधतायुक्त पर्यावरणसमेतलाई समेटिएको हुने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10086
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2075/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०६७-WO-०६९४ | ०६७-WO-१२४१
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 10086
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्