नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10087 · वि.सं. २०७५
नि.नं. 10087 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
Eminent Domain को अवधारणा र हाम्रो विद्यमान कानूनी व्यवस्थाको आधारमा सार्वजनिक हितको लागि व्यक्तिको निजी सम्पत्ति उपयुक्त क्षतिपूर्ति दिएर राज्यले प्राप्त गर्न सक्ने देखिए पनि राज्यको अधिकारलाई प्रयोग गरी कुनै निजी कम्पनी वा व्यक्तिको व्यक्तिगत हितको लागि कुनै सार्वजनिक सम्पत्तिको प्रयोग गरिएको अवस्थामा यसलाई शक्तिको कपटपूर्ण प्रयोग (Colorable Exercise of Power) मानिने। (प्रकरण नं.१३) संविधानमा प्रत्याभूत गरिएको मौलिक अधिकारहरू संविधानलाई राम्रो देखाउनको लागि नभई नागरिकको हितलाई संरक्षण गर्ने उद्देश्यले राखिएको हुँदा नागरिकले यसलाई सहजपूर्वक प्रयोग गर्न पाउने वातावरण बनाई दिने दायित्व पनि राज्यको नै हुने । प्रदूषणयुक्त वातावरणमा बस्नुपर्दा व्यक्तिको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने कुरा अवश्यम्भावी हुने हुनाले प्रदूषणविहीन वातावरणमा बस्न पाउने कुरा बाँच्न पाउने अधिकारसँग अभिन्न रूपमा जोडिएको हुन्छ । यसको प्रत्यभूतिको लागि वातावरण शुद्ध हुनै पर्छ र वातावरणको शुद्धताको लागि वनजङ्गल, तालतलैया, पोखरी, खोला, शुद्ध हावापानी, पर्यावरणीय सन्तुलन जस्ता कुराहरू आवश्यक हुने भएकाले यसको संरक्षण हुन आवश्यक देखिन्छ । नागरिकको हितको संरक्षकको हैसियतले र Parens Patriae को सिद्धान्तले पनि सर्वसाधारणको हकहितको संरक्षण गर्ने दायित्व राज्यको हुने कुरा निर्विवाद देखिने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10087 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2075/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७१-WO-१०३४ | ०७१-WO-१०६३ | ०६७-WO-०६९४ | ०६७-WO-१२४१ | ०६९-WO-१४३४ | ०७१-WO-००५२ | ०७०-WO-००८१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10087 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
