नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10090 · वि.सं. २०७५
नि.नं. 10090 — मानव बेचबिखन तथा ओसारपसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपराधशास्त्रमा अभियुक्तउपर लिइएको अभियोग दाबीबमोजिमको कसुर आधार, प्रमाणबाट पुष्टि भएमा मात्र कसुरको मात्रा, कसुरमा अभियुक्तको संलग्नतालगायतका समग्र पक्षहरूको विश्लेषणपश्चात् अभियुक्तलाई सो कसुर गरेउपर मौजुद रहे भएको कानूनी व्यवस्थाबमोजिम मात्र सजाय गर्नुपर्ने मान्यता स्थापित छ जुन कानूनी शासनको मकसदसमेत हो । कुनै पनि अभियुक्तउपरको कसुर स्थापित भइसकेपश्चात सो कसुर गरेउपर रहेको कानूनी व्यवस्थाबमोजिम सजाय नगरी आफू खुसी सजाय निर्धारण गर्नु मान्य न्यायका सिद्धान्तविपरीतसमेत हुन जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10090 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार |
| निर्णय वर्ष / मिति | 2075/05/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना |
| मुद्दा नं. | ०७२-CR-०३९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 10090 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
