सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३६ / ४४०

नि.नं. 2494वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

विवाद परेपछिका कुरालाई आधार बनाउन बनाई गरेको विपक्षी भूमि सुधार कार्यालयको निर्णयलाई न्यायिक मनको प्रयोग गरी गरेको भन्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2493वि.सं. २०४२संयुक्त इजलास

अंश

सरकारी बाँकी तिर्नु पर्दछ भन्ने बित्तिकै यो ऋण हुन जान्छ यसरी सरकारी बाँकीलाई ऋण हैन भनी अति शाब्दिक (Hyper Literal Interpretation) व्याख्या गर्दा मुलुकी ऐन अंशबण्डाको महलको “धन ऋण” बण्डा गर्ने सिद्धान्तको विलकूल विपरीत हुन जान्छ । व्याख्या ऐन सम्मत (Legal) मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2492वि.सं. २०४२संयुक्त इजलास

मिलापत्र बदर

सगोलमा रहे बसेको जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2491वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

निश्चयात्मक सबूद प्रमाणको अभावमा केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2490वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

मृतकलाई तत्काल उठेको रीस थाम्न नसकी सिमेन्ट लगाउने नोलले हिर्काई सोही चोटबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2487वि.सं. २०४२संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरण

बन्दी हाल गैरकानुनी थुनामा रहेको भन्ने कुरा कतैबाट प्रमाणित हुन आएको छैन । यस्तो स्थितिमा निवेदकको माग बमोजिमको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2486वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

अदालतले आवश्यक ठानेर नै लिलाम बिक्री गरेको देखिएकोले बाध्यात्मक रुपमा एउटै कित्ता जग्गालाई कित्ताफोड गरी आधामात्र लिलाम गर्नुपर्ने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2485वि.सं. २०४२संयुक्त इजलास

जग्गा खिचोला

वादीको नालेश जग्गा मिच्नेको १८ नं.को हदम्याद भित्र परेको नभई हदम्याद नघाई परेको देखिँदा त्यस्तो नालेश उजूरीबाट कारवाही गरी हेर्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2484वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

कानुनी रुपबाट गठन नभएको समितिबाट भएको निर्णयलाई कानुनद्वारा अधिकार प्राप्त निकायबाट निर्णय भएको भन्न मिल्ने स्थिति रहेन । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2483वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

संशोधन आउनुभन्दा अगाडिको मोहियानी सम्बन्धी कार्यविधि अपनाउँदा पहिलेकै ऐन अनुसारको कार्यविधि अपनाउनु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2482वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

सरजमीनको भनाइको आधारलाई मात्र आधार बनाई विपक्षीलाई मोहियानी कायम गर्ने गरेको विपक्षी समितिको निर्णयमा भूमिसम्बन्धी ऐन र नियमावलीको त्रुटि भएको प्रष्ट देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2481वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

एकपटक भई सकेको निर्णयमा सामान्य त्रुटि सच्याउने बाहेक पहिलेकोमा निर्णयमा नै असर पर्ने गरी निर्णय गर्न हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2480वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

साविक मोहीले गरिदिएको भनेको गैरकानुनी कबूलियत तथा निजको बयानको आधारमा रिट निवेदकको विवादित जग्गामा प्रत्यर्थीलाई मोही कायम गर्ने गरेको प्रत्यर्थी भूमि सुधार कार्यालयको निर्णय गैरकानुनी भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2479वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

तथ्ययुक्त आधार प्रमाण बेगर प्रत्यर्थीहरूले रिट निवेदकसँग निवेदन जिकिर बमोजिमको कागज गराएको भन्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2478वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण् लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

प्रमुख जिल्ला अधिकारीले लेनदेन सम्बन्धी विषयको उजूरी लिई कारवाही गरेको काम कारवाही तथा रिट निवेदकबाट गराएको गैरकानुनी कागज समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2477वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा वा आदेश पुर्जी जारी गरिपाउँ

प्रमाणपत्र नदिने ठहराएको भूमि सुधार कार्यालय महोत्तरीको निर्णय कानुन अनुरुप नै देखिएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2476वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

कुनै व्यक्तिको हकभोग स्वामित्वमा रहेको जग्गा जफत गरी बिक्री वितरण गर्ने निर्णय गर्नु पर्दा हक स्वामित्वमा असर पर्ने व्यक्तिलाई बुझी प्रतिवाद तथा सबूद प्रमाण पेश गर्ने मौका प्रदान गरी कानुन बमोजिम निर्णय गर्नु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2475वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

उपचारको खोजीमा लगाएको समय तत्वलाई मात्र बढी महत्व दिई विलम्बको लागि चाहिने अन्य तत्वहरूलाई गौण सम्झी समय तत्वको मात्र आधारमा विलम्बको सिद्धान्तको प्रयोग गर्नु न्यायोचित नहुने । (प्रकरण नं. १३) श्री ५ को सरकारको सेवामा रहेको कुनै निजामती कर्मचारीलाई आफ्नो सेवाक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2474वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषण

ऐनले नदिएको अधिकार प्रयोग गरी रिट निवेदकलाई नोकरी अवधि २० वर्ष पुग्न नपुग अवधि थप गरी सेवाबाट अवकाश दिने गरेको श्री ५ को सरकारको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2473वि.सं. २०४२पूर्ण इजलास

गौचर

शेषपछि निजका हकदार छोरा नातीको नाममा नामसारी भई तिरो भरो समेत गरी भोगी आएको र भूमि सुधार लागू हुँदाको बखतमा ७ नं.तथा ४ नं. फाराम समेत भरी आएको देखिन्छ । यस्तो अवस्थामा विवादित जग्गा वादी दावी बमोजिम गौचर राख्ने गरेको मिलेको देखिएन । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2472वि.सं. २०४२एक न्यायाधीशको इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

छानबीन अधिकृत वा आयोग वा पुनरावेदन सुन्ने अदालतले नियमावली बमोजिम गरेको काम कारवाही तथा निर्णय उपर कुनै अदालतमा सवाल जवाफ गरिने छैन भनी व्यवस्था गरेको देखिन्छ । यसबाट छानबीन अधिकृत वा आयोग वा पुनरावेदन सुन्ने अदालतले गरेको काम कारवाही तथा निर्णय उपर कुनै अदालत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2471वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

मोही निष्कासन गरिपाउँ भन्ने निवेदकको माग भएको उजूरीमा निर्णय गर्दा मोही निष्कासन नहुने भए किन नहुने हो ? कारण खुलाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →