सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३५ / ४४०

नि.नं. 2518वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १०(क)(१) बमोजिम उत्पादन शुरु गरेको मितिदेखि ६ वर्षसम्मका लागि शतप्रतिशत आयकर छुटको सुविधा पाउने देखिएकोले निजलाई आयकर छुटको सुविधा नदिने गरेको विपक्षी कर विभागको मिति ०४०।८।१३ को निर्णय तथा मिति ०४१।९।१६ को पत्र समेत उत्प्रेषणको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2517वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

मोहीको मृत्युपछि भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिमको प्रकृया अपनाई निवेदक मोही भएको भन्ने निवेदकको भनाई देखिँदैन मोहियानी हक कायम भएपछि मात्र मोहीको प्रमाणपत्रको दावी गर्ने निवेदकको हक दैया हुने हो । त्यसको अभावमा रिटनिवेदकलाई मोहीको निस्साको दावी गर्ने हकदैय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2516वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

हक बेहकमा निर्णय दिनुपर्ने कुरा माल कार्यालयको क्षेत्राधिकारको नहुँदा सम्बन्धित निकायमा गई निर्णय गराउनु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2515वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

पक्ष विपक्ष नभएको रिट निवेदनलाई निर्णयबाट असर परेको अ.बं.८६ नं.बमोजिम अन्य उपचारको व्यवस्था भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2514वि.सं. २०४२संयुक्त इजलास

अंश

अंशबण्डाको ३ नं.ले वादी दावी बमोजिम अंश नपाउने गरी शुरुले गरेको इन्साफलाई मनासिव ठहराई गरेको इन्साफ कानुन अनुरुप मिलेको देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2513वि.सं. २०४२संयुक्त इजलास

जग्गा दर्ता बदर

राजीनामाबाट हक भई संयुक्त रुपमा भोगी आएको भन्ने भनाई भएकोलाई त्यस्तो वादीको हक भएको मुख्य स्रोतको विषयमा प्रतिवादीलाई सुनाइएकोमा त्यसतर्फ ठहर निर्णय गर्दा कुनै कुरा ठहरमा नबोलिएकोले त्यस विषयमा समेत एकैपटक निर्णय गर्नु पर्ने कानुनी व्यवस्थाको अनुशरण गरी मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2512वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा भएको बाध्यात्मक व्यवस्थामा निर्वाचन विशेष अदालतले उपदफा (१) वा (२) बमोजिम सम्पूर्ण निर्वाचन वा कुनै निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा देहाय बमोजिमका कुराहरू सो फैसलामा स्पष्ट रुपमा उल्ले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2511वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

पहाडी क्षेत्रमा आवादी र वन जंगल छुट्याउने समिति कुन कानुन अन्तर्गत गठन भएको देखिन नआएकोले उक्त समितिले गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर हुने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2510वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

साविक जग्गाधनीकै पालामा ऐन बमोजिम रीतपूर्वकको सबै कारवाही भई हाल जग्गा हस्तान्तरणबाट जग्गाधनी परिवर्तन हुँदैमा प्रत्यर्थी मोही कायम रहन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2509वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने

राजीनामा गरी लिएको जग्गा नै हो भन्ने सबूद प्रमाणको अभावमा जग्गा वादीका नाममा मोही कायम गर्न नमिल्ने भनी ठहराएको अधिकार प्राप्त अधिकारीको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2508वि.सं. २०४२संयुक्त इजलास

दाइजो पेवा

अंशतर्फ वादीको माग दावी नभएको स्थितिमा अंशबण्डामा जस्तो गरी विपक्षीबाट फाँटवारी मागी वादी दावी बमोजिम बण्डा छुट्याई दिन नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2507वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

मोहीको नामको लगत कट्टा गर्दा मोहीका हक खानेलाई बुझी प्रतिवादको मौका दिई निजको कथनको समेत बिचार गरी मात्र निर्णय गर्नु पर्ने हुन्छ, तर निर्णय गर्दा निवेदिकालाई प्रतिवादको मौका दिई निर्णय गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको भु.सु.का.सर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2506वि.सं. २०४२संयुक्त इजलास

ज्यान

मृतकको मृत्यु विषबाट भएको भन्ने प्रमाणित हुन नसकेको र घटनाको चस्मदिद गवाहले पनि प्र.उपर किटानीपूर्वकको पोल नगरेको देखिएबाट समेत कर्तव्यबाट मृत्यु भएको हो भन्ने कुरा शंकारहीत तवरबाट प्रमाणित हुन नसकेको हुँदा वादी दावीबाट सफाई दिने गरेको इन्साफ सदर गरेको इन्साफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2505वि.सं. २०४२पूर्ण इजलास

करकाप

मुद्दा हेर्ने अड्डाबाट वादी प्रतिवादीसँग जो खुलाउनु पर्ने कुरा सोधी जवाफ लिई बयान गराउँदा बिन्तिपत्रमा माग भएको कुराभन्दा अरु खुलाई त्यस्तो खुलाइएको कुराबाट छुट्टै मुद्दा कायम गर्न मिल्ने देखिँदैन पक्षले स्पष्टरुपले माग दावी गरेको विषयभन्दा बाहिर गई छुट्टै मुद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2504वि.सं. २०४२पूर्ण इजलास

लेनदेन

धनी ऋणी खडा भई वापत जनाई कागज भएकोलाई प्रतिवादी जिकिर बमोजिम करारको कागज भन्न मिल्ने देखिँदैन, विवादको कागज नै करारनामाको कागज नदेखिएको साथै वादी करार सम्बन्धी ऐन अन्तर्गत दावी लिई नआएको यस्तो स्थितिमा विवादको लिखतमा करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२)(ग) को ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2502वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको रिट जारी गरिपाउँ

नेपाल मजदूर संगठनको विभिन्न खाली पदहरूमा निर्वाचनको घोषणा नभएसम्म निर्वाचनमा उम्मेदवार हुन पाउने स्थिति नदेखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2501वि.सं. २०४२संयुक्त इजलास

डाँका

अन्य स्वतन्त्र प्रमाणहरूबाट स्वतन्त्र रुपमा समर्थन नभएमा प्रहरीमा भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्नु कानुन तथा न्यायिक सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2500वि.सं. २०४२संयुक्त इजलास

जग्गा खिचोला

विवादको जग्गा वादीको किल्लासँग मिल्न भिड्न आएकोमा जग्गा वादीको देखिन आएबाट झगडा परेको जग्गा प्रतिवादीको ठहर्‍याएको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2499वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

कुलो पानी हापुर गा.पं.को क्षेत्रमा मात्र सीमित रहेको नदेखिँदा गा.पं.ऐन, २०१८ को दफा ४१(१)(ज) ले गा.पं.न्याय समितिले निर्णय गर्न पाउने अधिकार भएको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2498वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

डिप्लोमाको प्रथम श्रेणीको २४ अंक नदिई डि.पी.ए.तेस्रो श्रेणी वापतको १६ अंक मात्र प्रदान गरेको देखिन आएकोले निवेदकले पाउने डिप्लोमाको प्रथम श्रेणीको २४ अंक दिई सो अंक दिइँदा लोकसेवा आयोगको प्रकाशित सिफारिश सूचीमा समावेश भएका सफल उम्मेदवारहरू मध्ये कसैले प्राप्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2497वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणाको आदेश जारी गरिपाउँ

जिल्ला पञ्चायत सचिवालय धनुषाले मुद्दामा किनारा नलागेसम्म कुनै कारवाई नगर्नु भनी लेखेको निवेदन पत्रबाट निवेदकको कुनै हक हनन् भएको नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2496वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

मार्नु पर्ने सम्मको इवी लगाव र मनसाय समेत नदेखिएकोले ज्या.सं.का १३(३) बमोजिम हदै सम्म सजायँ गर्दा चर्को हुन जाने देखिएकोले क्षेत्रीय अदालतको राय मुताविक अभियुक्तलाई अ.बं.१८८ नं.बमोजिम तजिवीजी कैद वर्ष १० (दश) हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2495वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदकले आफ्नो हक कायम गराई ल्याएका बखत भूमि सुधार कार्यालयको निर्णयले कुनै बाधा नपर्ने हुँदा यस स्थितिमा भूमि सुधार कार्यालयको निर्णयलाई त्रुटिपूर्ण भई अधिकारक्षेत्र भित्र नाघि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →