उत्प्रेषण
१४ महिना अघि परेको निवेदन बमोजिम जग्गा दर्ता नगरी पछि परेको निवेदनबाट जग्गा रैकरमा परिणत गरेको मालपोत कार्यालय काठमाडौंको निर्णय प्रतिपादित सिद्धान्त विपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३३४ / ४४०
१४ महिना अघि परेको निवेदन बमोजिम जग्गा दर्ता नगरी पछि परेको निवेदनबाट जग्गा रैकरमा परिणत गरेको मालपोत कार्यालय काठमाडौंको निर्णय प्रतिपादित सिद्धान्त विपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →पर्चामा निवेदक माथि लगाइएको आरोपको सम्बन्धमा कुनै कारण तथा आधार समेतको उल्लेख नगरी रिट निवेदकलाई नि.से.नि., २०२१ को नियम १०.६(५) बमोजिमको कसूर गरेको आरोपमा सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकार (मं.प.) को मित…
नजिर सार पढ्नुहोस् →प्रतिवादीहरूको डाक्टरी जाँच गर्दा निजहरूमा कुनै प्रमाणिक चिहृन नपाइएको भन्ने प्रतिवेदन भएकोबाट जाहेरी बमोजिम जबरजस्ती करणी गरेको ठहर गर्न सबूद प्रमाणको आधारमा मिल्ने नदेखिने । (प्रकरण नं. २५)
नजिर सार पढ्नुहोस् →कुनै कानुनी व्यवस्थाको अभावमा गठन भएको समितिले हक अधिकार सम्बन्धमा गरेको निर्णय कानुन अनुरुप भन्न मिल्ने देखिएन । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →ज्येष्ठ ७ गते २०४१ मा श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारबाट सबै अञ्चलाधिशहरूलाई लेखेर गएको पत्रको खण्ड (२) मा खाद्य पदार्थ भई कुनै प्रकारको चन्दा तथा पञ्चायत कर लगाउन नपाउने व्यवस्था नै लेखेर गएको सो निर्णय गर्न गराउन गृह पञ्चायत मन्त्रालयबाट सबै प्…
नजिर सार पढ्नुहोस् →१ नं.लगत २ नं.अनुसूची र ४ नं.अनुसूची समेत प्राप्त गरी सकेको अन्तिम रुपमा रहेको अवस्थामा केवल उजूरीमा पञ्चायतको नाम र फिल्डबुकमा मोहीको नाम उल्लेख नहुँदैमा त्यस्तो मोहीलाई मोही होइन भन्न न्यायसंगत नहुँदा विपक्षीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकर…
नजिर सार पढ्नुहोस् →गैरकानुनी थुनामा परेको हो होइन भनी हेर्दा निवेदकको फैसला एवं कानुनले दिए तोकेको समय भुक्तान भएको नदेखिँदा गैरकानुनी थुनामा रहेको भन्ने नदेखिने । (प्रकरण नं. ६)
नजिर सार पढ्नुहोस् →अंशबण्डापत्र पास भई अलग–अलग बसी आ–आफ्नो खति उपति व्यहोरी व्यवहार गरी बसेको अकाट्य प्रमाण पेश गर्दागर्दै सगोलमै बसेको मानी एकै इकाईको ठहराई कर कार्यालय विराटनगरले आयकर निर्धारण गरेको सदर गर्ने गरी कर विभागले गरेको निर्णय समेत कानुन विपरीत हुँदा बदर हुने । (प्रक…
नजिर सार पढ्नुहोस् →रिट निवेदन पत्रबाट रिट निवेदकहरूको कुनै पनि हक हनन् भएको देखिन नआएको अवस्थामा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० खण्ड (ग) को उपखण्ड १ बमोजिम संचालन मितिले ५ वर्षसम्म अन्तःशुल्क छुट सुविधा प्राप्त गरेको निवेदकको उद्योगबाट प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंले अन्तःशुल्क उठाउने सम्बन्धमा गरेका काम कारवाही तथा तत्सम्बन्धी पत्र निर्णयहर…
नजिर सार पढ्नुहोस् →प्रचलित ऐन अन्तर्गत कुनै उद्योग रजिष्टर्ड हुन्छ भने तत्काल बहाल रहेको ऐनको सुविधा उपभोग गर्न पाउने हक उक्त उद्योगलाई प्राप्त भएको हुन्छ भन्नुपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →प्रत्यर्थीले समयमा हुनु पर्ने कानुन बमोजिमको कार्यविधी पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधी पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण भन्नुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →विवादित जग्गामा रिट निवेदकको हक रहेको भन्ने कुराको पक्का आधारको अभावमा रिट निवेदकलाई बुझ्न पर्ने भन्ने जिकिर सारयुक्त नदेखिएको हुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →विदेश गएको भन्ने देखिएको निज विदेश गए पनि निजको दायित्व बाली बुझाउनु पर्ने नै हुँदा बाली भराई पाउने । (प्रकरण नं. १०) विदेशिएको मोहीको नाम कट्टा गर्ने गरी प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंबाट गरेको निर्णय त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदिकाको…
नजिर सार पढ्नुहोस् →प्रत्यर्थीले समयमा हुनु गर्नुपर्ने कानुन बमोजिमको कार्यविधि पूरा गरी निर्णय गरेको भन्ने देखिन नआएकोले सो कार्यविधि पूरा नगरी रिट निवेदकको दावी खारेज गर्ने गरेको निर्णय त्रुटिपूर्ण भन्नु पर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →सबूद प्रमाणको मूल्यांकन नगरी न्यायिक आधार नदेखाई प्रत्यर्थीले कुत भराई लिन पाउने मोही हक यथावत रहने भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →कार्य दक्षता एवं अनुभवको आधारमा बढुवा पाउने कर्मचारीको हक पनि हो, कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई बढुवाको कानुनी हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं. १५) अस्थायी नोकरी बापत कसैलाई अंक प्रदान गर्ने र कसैलाई अंक प्रदान नगर्ने बढुवा समित…
नजिर सार पढ्नुहोस् →सबूद प्रमाणको आधारमा रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरी प्रत्यर्थीबाट फैसला भई सो फैसला बमोजिम थुनामा रहेको देखिन आएको हुनाले गैरकानुनी थुनामा रहेको भन्न मिलेन । (प्रकरण नं. ८) तथ्यसम्बन्धी कुरामा पुनरावेदन हेरे…
नजिर सार पढ्नुहोस् →म्याद तामेल गर्नेले तामेल गर्ने भनी आफ्नो सहिछाप समेत गरेको देखिँदैन । यस्तो स्थितिमा यो रिट निवेदकका नाउँमा तामेल भएको म्याद अ.बं.११० नं.को रीत पुगेको देखिन आएन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →हक बेहकको प्रश्न समावेश भई कार्यवाही चलिरहेको र अदालतमा समेत मुद्दा परिरहेको देखिँदा विपक्षी अञ्चलाधिश कार्यालयको निर्णयमा उल्लेख भएको “साविकमा पनि संखुवासभा जिल्ला भित्र नै परी राखेको” भन्ने वाक्यांशले अदालतमा परेको मुद्दामा निर्णय हुँदा असर पर्न जाने देखिएको…
नजिर सार पढ्नुहोस् →कानुन बमोजिम बुझी नाता सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा क्षेत्रीय अदालतले निजलाई नबुझी गरेको निर्णय कानुनसंगत भएन । (प्रकरण नं. २१)
नजिर सार पढ्नुहोस् →बच्चा अपहरण गरी रु.एकलाख कमाउने उद्देश्यले यी अभियुक्तहरूले निर्दोष बालकलाई अपहरण गरी मारी फालेको देखिएको समेतबाट निजहरूलाई निर्दोष मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २६)
नजिर सार पढ्नुहोस् →आफ्नो नाउँमा रहेको आफू खुस गर्न पाउने अपुतालीबाट आएको सम्पत्ति कानुनको परिधिभित्र रही बकसपत्र लिखत गरिदिएकोमा बण्डा छुटिइसकेको सौताने छोराले त्यस्तो बकसपत्र लेखत तथा दर्ता बदर गरिपाउँ भन्ने फिराद दिंदैमा बकसपत्र लेखत तथा त्यसको आधारमा भएको दर्ता बदर हुनसक्ने द…
नजिर सार पढ्नुहोस् →प्रमाण ऐनको दफा ९(२) को व्यवस्थाले प्रहरी समक्ष भएको कागजलाई प्रमाण लिन सकिने अवस्था देखिएमा बाहेक अन्य अवस्थामा सही र स्वतन्त्र रुपमा भएको छ भन्ने अनुमान गर्न मिल्ने देखिन्न । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →