नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2526 · वि.सं. २०४२

नि.नं. 2526 — उत्प्रेषण मिश्रीत परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कार्य दक्षता एवं अनुभवको आधारमा बढुवा पाउने कर्मचारीको हक पनि हो, कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई बढुवाको कानुनी हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं. १५) अस्थायी नोकरी बापत कसैलाई अंक प्रदान गर्ने र कसैलाई अंक प्रदान नगर्ने बढुवा समितिको निर्णयलाई न्यायोचित भन्न नसकिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2526
मुद्दाको विषयउत्प्रेषण मिश्रीत परमादेश
निर्णय वर्ष / मिति2042/11/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई मिति २०४२।४।२० मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । साथै अधिवक्ता श्री प्रकाश वस्तीले निवेदकको तर्फबाट बहस नोट समेत पेश गर्नु भयो । विपक्षी बढुवा समितिको तर्फबाट विद्वान सह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय मनासिवठहर्छ । निवेदकले मिति २०३४।२।२७ देखि २०३६।४।६ सम्म गरेको अस्थायी नोकरी र सोही अवधिमा वर्गीकृत क्षेत्रमा गरेको काम वापत पाउनु पर्ने अंक दिई हिसाब गर्दा बढुवाको लागि सिफारिश भएको नामावलीमा निजको नाममा समावेश हुने देखिएमा सो नामावलीको उपयुक्त क्रममा निजको नाम समावेश गर्न आवश्यक भए जतिसम्म सो नामावलीमा संशोधन गर्ने गरी निजको बढुवाको सम्बन्धमा पुनः बिचार गर्नु भनी विपक्षी बढुवा समितिको नाममा परमादेश जारी गरिएको छ । यो आदेशको एक प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा  पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४२, नि.नं. 2526
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्