नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2475 · वि.सं. २०४२
नि.नं. 2475 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
उपचारको खोजीमा लगाएको समय तत्वलाई मात्र बढी महत्व दिई विलम्बको लागि चाहिने अन्य तत्वहरूलाई गौण सम्झी समय तत्वको मात्र आधारमा विलम्बको सिद्धान्तको प्रयोग गर्नु न्यायोचित नहुने । (प्रकरण नं. १३) श्री ५ को सरकारको सेवामा रहेको कुनै निजामती कर्मचारीलाई आफ्नो सेवाको उत्तरार्धमा एकाएक बिना अग्रीम सूचना नपुग अवधि थप गरी सेवाबाट अवकाश दिने कार्यलाई उचित र न्यायसंगत भन्न नसकिने । (प्रकरण नं. १५) उचित र न्याय संगत तरिकाबाट कारवाई गर्न सक्छ भन्ने शब्दहरूको व्याख्या नोकरी अवधि २० वर्ष नपुगेकोमा पनि नपुग अवधि थप गर्न सक्नेछ भन्ने गर्दा निजामती सेवा ऐन आउनुको जुन उद्देश्य हो त्यसलाई नै कुण्ठित पार्नुको साथै कानुन व्याख्याको सिद्धान्तको विपरीत हुन जाने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2475 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2042/09/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई ०४१।११।३ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला बीच मतैक्य हुन नसकी प्रस्तुत रिट निवेदन सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको देखिन्छ । विलम्बको प्रश्न प्रारम्भिक प्रश्न भएको र उक्त प्रश्नको निरोपण भइकन मात्र दोस्रो प्रश्नतर्फ प्रवेश गर्न वान्छनीय हुँदा सर्वप्रथम त्यसैतर्फ विवेचना गर्नु पर्ने देखिन्छ । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिव ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षीहरूकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2475 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
