सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७१ / ४४०

नि.नं. 4057वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निर्वाचन विशेष अदालतले जुन आधारमा निर्वाचन बदर गर्ने ठहर्‍याएको छ सो निर्वाचन (निर्वाचन अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(२) बमोजिम बदर गर्नु पर्नेमा सम्पूर्ण निर्वाचन बदर गर्ने व्यवस्था गरेको दफा १४(१) को आधार उल्लेख गरेकोसम्म मिलेको देखिन नआई गल्ती गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4055वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) औ.व्य. ऐनको दफा २(ट) मा पर्यटन क्षेत्र भन्नाले “पर्यटन उद्योग विकासको लागि श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्र सम्झनु पर्दछ” भन्ने उल्लेख भएको पाइन्छ, निवेदकको उद्योग काठमाडौं स्थित कान्तिपथमा स्थापना भएको र काठमाडौंलाई पर्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4054वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निर्णय सामान्य सिद्धान्त, २०३५ को सन्दर्भमा स्वीकृत भएकोले सामान्य सिद्धान्त, २०४३ को हकमा उक्त निर्णय स्वीकृत भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) जसरी जुन विधिपूर्वक विनियम बनेको छ त्यसरी नै सोही विधिपूर्वक विनियममा संशोधन हुनु र गर्नु पर्ने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4053वि.सं. २०४७संयुक्त इजलास

करार बदर, बहाल भराई घरबाट उठाई पाउँ

(१) वादीले घर बनाई घर बहालमा दिएको नभई मील सञ्चालन हुने गरेबाट भू–वहाल सम्म पाउने शर्त उक्त शर्तनामामा भएको र त्यस्तो शर्तलाई स्वीकार गरी करारनामा भएकोले यस्तो अवस्थामा घर बनाउनेको ८, ९ नं. र ११ नं. लाई अंगाली घरबाट उठाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4052वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) घाउ चोट लागेको केश फाराम र चिकित्सकको रिपोर्टको अभावमा घाउचोट लागेको र बोल्न नसक्ने स्थिति रहेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) ठोस सबूद प्रमाणको अभावमा प्रतिवादीलाई दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4051वि.सं. २०४७संयुक्त इजलास

भ्रष्टाचार

(१) मौकामा जाँचबुझ गरी सुनले खाने रकम मात्र भुक्तानी दिनु पर्नेमा जाँचबुझ नगरी आफ्नो जिम्माको रकम भुक्तानी दिई लापरवाहीबाट रकम हिनामिना भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) आकर्षित हुने अवस्था नदेखिने । (प्रकरण नं. ४१) (२) खजान्चीको लापरवाहीबा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4050वि.सं. २०४७संयुक्त इजलास

अपहेलना

(१) अदालतबाट बिटौरी लिई दिनु भनी परमादेश जारी भएपछि सो आदेश बमोजिम बिटौरी नलिई दिनु अदालतको अपहेलना भएकोमा विवाद नदेखिने । (प्रकरण नं. ९) (२) अदालतको आदेश अक्षरस पालना गर्नुपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4049वि.सं. २०४७संयुक्त इजलास

अपुताली जग्गा दिलाई पाउँ

(१) तत्काल प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. बमोजिम शेषपछिको बकसपत्र लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने कानुनी व्यवस्था भएको पाइँदा रजिष्ट्रेशन पारित नभएका लिखतहरुलाई कानुनी मान्यता दिन नमिल्ने हुँदा ती लिखतका आधारमा विवादित सम्पत्ति माथि हक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4048वि.सं. २०४७संयुक्त इजलास

लागू औषध

(१) विद्यमान कानुनी व्यवस्थाको अवलम्बन नगरी जिल्ला अदालतमा दायर हुने मुद्दा वादी श्री ५ को सरकार तर्फबाट नै अञ्चल अदालत समक्ष दायर गरेको अवस्थामा पनि किनारा गरेको देखिँदा सो निर्णय अनाधिकार मानी अञ्चल अदालतको फैसला बदर गर्ने गरेको क्षेत्रीय अदालतको फैसला कानुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4047वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) गैरकानुनी रुपबाट कसैले कसैको ज्यान मार्नु भनी दिएको बचन अनुसार, कसैको ज्यान मर्न गएको छ भने मात्र, त्यस्ता बचन दिने व्यक्ति कानुनी व्यवस्था बमोजिम सजायँको भागिदार बन्ने । (प्रकरण नं. १७) (२) बचन दिएको नभई, मारी कतै लगी फाली दिन्छु भनेका सो कुरालाई अन्यथा भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4046वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) संशोधित लागू औषध (नियन्त्रण) ऐन अनुसार दफा ४(ग)(घ)(ङ)(च) अन्तर्गतको कार्य गर्ने व्यक्तिलाई पाँच (५) वर्ष, देखि बीस (२०) वर्ष सम्म कैद र बीस (२०) लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने गरी सजायँको व्यवस्था भएको देखिँदा अ.बं. ११८(२) प्रयोग गरी थुनामा राखी मुद्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4045वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) पटक पटक चोट छाडी क्रुरतापूर्वक ज्यान मारेको भन्ने देखिँदा अपराध घटित भएको अवस्थालाई समेत विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने नदेखिने । (प्रकरण नं. ३४) (२) मृतकलाई मारौं भन्ने पूर्व योजना नभएको, अपराध गरेको अवस्था समेतबाट जन्मकैदको सजायँ गर्दा चर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4044वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) हातले हानेको चोट पीरबाट २१ दिन नाघी मरेमा कुटपिटका महल अन्तर्गत कारवाही हुने । बन्दूक जस्तो जोखिमी हतियार प्रयोग भएकोमा मुलुकी ऐन कुटपिटको महल आकृष्ट हुने अवस्था नदेखिने । (प्रकरण नं. २६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4043वि.सं. २०४७संयुक्त इजलास

लिखत पास

(१) लिखत छुट्टै मितिको देखिएको हुँदा यस स्थितिमा अ.बं. ८५ नं. आकृष्ट हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4042वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) निवेदक उपर चलेको दुईवटा डाँका मुद्दामा सफाई पाएको र अर्को मुद्दामा डाँका गरेको ठहरेकोले निवेदकले पहिलापटक डाँका गरेको देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4041वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने । (प्ररकण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4039वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकको उद्योगले उत्पादन गर्ने कृत्रिम उन पनि फाइवर अवस्थाको कच्चा पदार्थ प्रशोधन गरी टप्स बनेपछि सोबाट एक्रेलिक यार्न (कृत्रिम उन) बनाउने भन्ने देखिएकोले निवेदकको उद्योगलाई अन्तःशुल्क नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4038वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) न.पं.को आदेशलाई कारवाही सम्बन्धी आदेश भनी मानेको अवस्थामा अ.बं. १७ नं. बमोजिम बेरीतको कारवाही भनी अञ्चल अदालतमा उजूरी निवेदन दिन सकिने हुन्छ त्यसको लागि पुनरावेदनको म्याद जारी गर्नु नपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4037वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) निर्णय गर्न पाउने अधिकारीले निर्णय गर्दा सबूद प्रमाणको आधारमा कानुनको प्रकृया पूरा गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4034वि.सं. २०४७पूर्ण इजलास

अंश

(१) बुझिएका साक्षीहरु सबैले वादी प्रतिवादी काका भतिजा हुन् अंश पाउनु पर्ने हो भनेको छ तर सबै साक्षीहरुले पुस्तावारी खुलाई बकपत्र गर्न सकेको छैन । यसबाट सो साक्षीको बकाई विश्वसनीय मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) वादी आफैंले प्रतिवादीको भतिजा भनी स्वीकारेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4033वि.सं. २०४६एक न्यायाधीशको इजलास

उत्प्रेषण

§ तह तह हुँदै प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त निकायबाट कानुनले व्यवस्था गरे बमोजिम अन्तिम ठहर भइसकेकोमा तथ्य भित्र प्रवेश गरी असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4032वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

§ साधारण कुटपिट भएको ठाउँमा एक पक्षले अर्को पक्षलाई ‘मारो’ भन्ने शब्द प्रयोग भई कुटपिट हुनु खास गरी यो वारदात स्थल रुपन्देही जिल्लामा साधारण चलन चल्तीमा आउने भाषा भएकोले सो प्रयोग भएको शब्दबाट भएको वारदातको परिप्रेक्षमा ज्यानै मारिदेउ भनी बचन दिएको अर्थ लगाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4031वि.सं. २०४६संयुक्त इजलास

ज्यान

§ लाश नै नभेटिएकोबाट मृतक खीर खाएको कारणबाट मरेको वा कुटपिटबाट मरेको भन्ने यकीन नभएको सो यकीन बेगर सजायँ गर्न नमिल्ने भन्ने हकमा यही कुराको जिकिर सहअभियुक्तले पनि आफ्नो बयानमा लिएको भए पनि लाश आफैंले गाड्न लगेमा सावित भएकोबाट कुटपिटकै चोटबाट मृत्यु भएको ठहर्‍य…

नजिर सार पढ्नुहोस् →