नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4051 · वि.सं. २०४७
नि.नं. 4051 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मौकामा जाँचबुझ गरी सुनले खाने रकम मात्र भुक्तानी दिनु पर्नेमा जाँचबुझ नगरी आफ्नो जिम्माको रकम भुक्तानी दिई लापरवाहीबाट रकम हिनामिना भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) आकर्षित हुने अवस्था नदेखिने । (प्रकरण नं. ४१) (२) खजान्चीको लापरवाहीबाट सम्पत्ति हिनामिना हुन गएमा सो हिनामिना भएको रकम बैंक र खजान्ची बीच भएको सम्झौताको शर्त नं. १३ अन्तर्गत खजान्चीबाट असूल गर्नुपर्ने । (प्रकरण नं. ४१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4051 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2046/12/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4051 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
