सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७० / ४४०

नि.नं. 4082वि.सं. २०४७संयुक्त इजलास

निर्णय बदर

(१) कानुनले वादीहरुलाई संयुक्त दर्ता गरी पाउन प्रस्तुत फिराद गर्ने हकदैया प्राप्त छ भने त्यस्ता वादीहरुलाई अदालतले अंश बण्डाको १८ नं. बमोजिम आउनु पर्ने भनी उपचारको बाटो तोक्न मिल्दैन । कानुनले निर्धारित गरेका २ बाटो छन् भने वादीहरु उक्त २ बाटो मध्ये कुनै एक उप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4081वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) जिल्ला कार्यालयलाई कानुन बमोजिम स¬ट्टापट्टा भएको जग्गाको कानुन बमोजिम नामसारी दाखिल खारेज गर्नमा कानुनले रोक्का राख्न पाउने अधिकार प्रदान गरेको नपाइने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4080वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) नियमावलीलाई संशोधन गर्दा जुन तरीका एवं कार्यविधि अपनाई मूल नियमावली बन्यो सोही तरीका एवं कार्यविधि अपनाई संशोधन हुनु पर्ने । (प्रकरण नं. ११) (२) वाणिज्य बैंक कर्मचारी सेवा शर्त नियमावली, २०४३ मा रहेको कानुनी व्यवस्थालाई लो.से.आ. को सामान्य सिद्धान्तले स्वत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4079वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) अञ्चलाधीश कार्यालयले हक हस्तान्तरण दानदातव्य इत्यादि गर्न नपाउने गरी रोक्का राख्न पाउने कानुनले अधिकार दिएको पाइन्न, त्यसरी रोक्का राख्न पाउने अधिकार म मा निहित छ भनी अञ्चलाधीश कार्यालयले आफ्नो लिखितजवाफमा भन्न लेख्न सकेको पाइन्न । नेपालको संविधानको धारा १…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4078वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) मुद्दा नचलाइएको स्थितिमा विभागीय सजायँमा चित्त नबुझ्ने राष्ट्र सेवकले विभागीय सजायँको आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र कानुन बमोजिम प्रशासकीय अदालतमा पुनरावेदन गर्नुपर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4077वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) ऐनले निर्दिष्ट गरे बमोजिमको रीतपूर्वकको सूचना दिएको नदेखिँदा त्यस्तो सूचनालाई आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिमको सूचना भन्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4076वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) उचित र पर्याप्त कारण भएमा निजामती सेवा नियमावली, २०२१ को नियम १०.१ बमोजिम सजायँ गर्न सकिने । (प्रकरण नं. १०) (२) निवेदकलाई दिएको पत्रबाट निवेदकलाई बर्खासी गरेका वा नोकरीबाट हटाएको नदेखिई नोकरीबाट अवकाश दिएको देखिँदा दिइएको अवकाशको निर्णय उपर पुनरावेदन लाग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4075वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) डाँका बाहेक चोरी चार प्रकारका छन् यी चार प्रकारका चोरी एकै किसिमको चोरी नभई बेग्ला बेग्लै किसिमको चोरी हो र कानुनले सजायँ पनि बेग्ला बेग्लै तजबीज गरेको छ । (प्रकरण नं. ८) (२) चोरीको पटक कायम गर्दा एक किसिमको चोरीलाई अर्को किसिमको चोरीसंग गाभी पटक कायम गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4074वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) निवेदकहरुका हकमा ज्यान मुद्दाका कसूरदार ठहर भई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम र अन्य प्रतिवादीहरुलाई ऐ. १३(३) नं. बमोजिम जन्मकैद हुने सजायँ भइसकेपछि अन्य २ वटा मुद्दाहरुको जन्मकैद भन्दा कम सजायँ हुने खत हुँदा सो समेत जन्मकैदको सजायँमा खापी सजायँ गर्न नमि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4073वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकले पेश गरेको विवरणलाई अमान्य गर्दा कसरी विवरणमा फरक पर्न गयो र के कुन तथ्यांक प्रमाणको आधारमा कर निर्धारण गरियो सो सम्पूर्ण कुरा स्पष्ट उल्लेख नगरी खूद आय कायम गरी कर निर्धारण गर्ने गरिएको निर्णयलाई कानुन अनुरुपको मान्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4072वि.सं. २०४७संयुक्त इजलास

परमादेश

(१) चोरीका १४(४) नं. बमोजिम कैद गर्नु पर्नेमा पहिलो पटक डाँका गर्नेलाई ६ वर्ष कैद गर्नु पर्ने भन्ने देखिन्छ, त्यस्तै जरिवाना तिर्न मन्जूर नगरेको कारण जरिवाना बापत कैद गर्नु पर्दा चोरीको २८ नं. बमोजिम हद कैद चार वर्षसम्म गर्नु पर्ने भन्ने देखिन्छ । यसबाट यिनी र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4071वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) आयोगले निवेदकको निवेदनको सन्दर्भमा गरेको निर्णयलाई हेर्दा यसमा आदेशानुसार लूजशिट पेश हुन नसकेको र मिसिल राखी छाड्न मनासिब नदेखिँदा यत्तिकैमा प्रमाण लिई इन्साफ गर्न नमिल्ने हुँदा मन्त्री परिषद्को निर्णयानुसार पर्ति जग्गा छूट भनी दर्ता गर्न नमिल्ने भनी टिप्प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4070वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) के कति खूद आय कायम हुने हो अनुमानित आय विवरण समेत खुलाई सूचना दिएको देखिँदैन, सो बमोजिमको सूचना प्राप्त गरेपछि मात्र करदाताले प्रतिवाद गर्ने मौका प्राप्त गरेको मान्न सकिने हुँदा उक्त बमोजिमको विवरण नखुलाई दिएको सूचनाबाट कानुन बमोजिम प्रतिवादको मौका दिएको म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4069वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) श्री ५ को सरकारको तर्फबाट गुज्रेको म्याद थमाई मुद्दा दायर भएको भन्ने देखिँदैन कुनै कसूरको सिलसिलामा एकपटक अदालतमा कारवाही चली अन्तिम निर्णय भइसकेको विषयमा पुनः त्यसै विषयलाई लिएर सोही व्यक्ति उपर कारवाही चलाउन नमिल्ने। (प्रकरण नं. ९) (२) कुनै व्यक्ति उपर अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4068वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) भन्सार महसूलको प्रयोजनको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा त्यस्तो माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै सबै अवस्थामा मान्यता दिनै पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) माल वा वस्तुको धनीले पेश गरेको बी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4067वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) दैवी परी बाली नास भएको वा उब्जा हुन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा कूत नबुझाएकोमा मोहीबाट निष्काशन गर्न आदेश दिन सक्ने अधिकार भू.सु.अ. लाई रहे भएको देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4066वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) प्रहरी समक्ष गरेको साविती बयानको पुष्टि भएको स्थितिमा पुनरावेदक प्रतिवादी निर्दोष रहेछ भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4065वि.सं. २०४७संयुक्त इजलास

डाँका

(१) सामान्यतया अँध्यारोबाट कुनै अर्को व्यक्तिले आफ्नो अनुहारमा लाइट बाली दिंदा त्यसको प्रकाशबाट सो लाइट बाल्ने व्यक्तिलाई चिन्न सकिने हुँदैन । तसर्थ चिन्हेको भनी बकपत्र गरे पनि चिन्हेको भनेको अवस्था स्वाभाविक र विश्वसनीय हुन आवश्यक हुने । (प्रकरण नं. ३५) (२) य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4064वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) भूमिसुधार लागू हुँदाका बखत मोही कायम हुनको लागि भूमिसम्बन्धी नियमहरु, २०२१ बमोजिम मोहीले आफूले कमाएको जग्गा र जग्गा धनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्ने । (प्रकरण नं. १०) (२) भूमिसम्बन्धी ऐन लागू भइसकेपछि मोही हुनक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4063वि.सं. २०४७पूर्ण इजलास

जग्गा

(१) वादीले लिखत पारित गरिपाउँ भनी फिराद दायर गर्नु भन्दा अगावै विवादित जग्गा प्रतिवादीले राजीनामा गरी रजिष्ट्रेशन समेत पारीत गराई लिएको देखिँदा प्रतिवादीले राजीनामा पारीत गरी लिएको लिखत नै जेठो देखिने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4062वि.सं. २०४७संयुक्त इजलास

म्याद तामेल जालसाजी

(१) आफ्नो नाउँमा परेको मुद्दामा तामेल भएको इतलायनामामा नभए नगरेको व्यहोरा लेखी लेखाई तामेल गरेकोबाट अ.बं. ११०(१) नं. को रीत नपुगेको कुरा आफूलाई जानकारी भएपछि निजले तत्काल सो व्यहोरा देखाई सोही अ.बं. ११०(५) अन्तर्गत उजूरी दिई बदर गराई दिनु पर्ने थियो, सो बमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4060वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) अरु कुनै सबूदबाट समर्थित हुन नसकेको प्रहरी कागजकै आधारमा प्रहरी प्रतिवेदन दावी बमोजिम पुनरावेदकले कुटी मारी फालेको ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ र अञ्चल अदालतले पुनरावेदन सदर गरेकोलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने । (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4059वि.सं. २०४७संयुक्त इजलास

डाँका

(१) जबरजस्ती कुटपिट गरेको घा जाँच समेतबाट देखिन आएकोले चोरीको ३ नं. को अवस्था नदेखिए पनि चोरीको ४ नं. को अवस्था विद्यमान देखिन आएकोले निवेदकले डाँका गरेको ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4058वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) आफ्नु हक दर्ताको जति जम्मै दृष्टिमा कागज गरी दिएको देखिन आएकोले निजको हक भोगमा रहेको सो जग्गा विपक्षी साझा संस्था ऐनको दफा १३ को अधिकार प्रयोग गरी तोकिएको रीत पुर्‍याई लिलाम गरी असूल उपर गरेकोलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) साझा संस्था ऐनक…

नजिर सार पढ्नुहोस् →