नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4068 · वि.सं. २०४७

नि.नं. 4068 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भन्सार महसूलको प्रयोजनको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा त्यस्तो माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै सबै अवस्थामा मान्यता दिनै पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यमा मान्यता नदिई त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको अभिलेख कार्यालयमा भएमा सो बमोजिम मूल्य निर्धारण गर्ने र त्यस्तो पूर्वअभिलेख पनि नभएको स्थितिमा मूल्य निर्धारणको लागि श्री ५ को सरकारमा पठाई श्री ५ को सरकारबाट सो वस्तुमा मूल्य निर्धारण हुन सक्ने । (प्रकरण न. १३) (३) श्री ५ को सरकार भन्सार विभागद्वारा निर्धारित मूल्य भन्दा निवेदकले इन्भ्वाइसमा उल्लेख गरेको मूल्य घटी देखिन आएकोले न्यून बिजकीकरण भएको आधारमा थप भन्सार महसूल लगाइएको कार्य ऐनको दफा १३क. उपदफा (१) को खण्ड (ग) को प्रतिकूल भएको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १४) (४) ऐनद्वारा प्रदत्त अधिकार बमोजिम श्री ५ को सरकार भन्सार विभागको निर्णयानुसार निर्धारित मूल्य बमोजिम आयातित वस्तुको मूल्य कायम गरी भन्सार कार्यालयबाट भन्सार महसूल असूल गरेको देखिँदा कानुन बर्खिलाप भएको भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4068
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4068
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्