नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4062 · वि.सं. २०४७
नि.नं. 4062 — म्याद तामेल जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो नाउँमा परेको मुद्दामा तामेल भएको इतलायनामामा नभए नगरेको व्यहोरा लेखी लेखाई तामेल गरेकोबाट अ.बं. ११०(१) नं. को रीत नपुगेको कुरा आफूलाई जानकारी भएपछि निजले तत्काल सो व्यहोरा देखाई सोही अ.बं. ११०(५) अन्तर्गत उजूरी दिई बदर गराई दिनु पर्ने थियो, सो बमोजिम नगरी आफ्नो उपर मुद्दा परेको कुरा आफूलाई थाहा भइकन पनि चूप लागी बसी जि.अ. बाट र क्षे.अ. बाट मुद्दा किनारा भइसकेपछि क्षे.अ. बाट दावीको लिखत पास हुने ठहरी फैसला भएकोबाट मात्र यिनी वादीले कीर्ते कागजको सहारा लिई गुज्रेको म्याद समेत थमाई यो फिराद दिएकोबाट परेको मुद्दामा भएको फैसलाको रुप विचार गरी मात्र यो फिराद पर्न आएको देखिन आएकोले बेरीतसंग इतलायनामा तामेल भएको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था उल्लंघन गरी यो फिराद पर्न आएको कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4062 |
|---|---|
| मुद्दाको विषय | म्याद तामेल जालसाजी |
| निर्णय वर्ष / मिति | 2046/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4062 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
