सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २५० नजिर अभिलेखमध्ये पृष्ठ २ / ११

नि.नं. 10388वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

नागरिक स्वतन्त्र छन्, सार्वभौम, र अधिकार सम्पन्‍न छन् भन्‍नुको अर्थ संविधान र कानूनले स्पष्टतः रोक नलगाएको विषयमा आफ्नो विचार राख्‍न स्वतन्त्र छन् भन्‍नु पनि हुन्छ । यसमा कसैलाई पूर्वजानकारी दिनुपर्ने वा सहमति लिनु नपर्ने । (प्रकरण नं.१२) जबसम्म कानूनद्वारा अख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10387वि.सं. २०७६संयुक्त इजलास

भ्रष्टाचार

भ्रष्टाचारजन्य कसुर र देवानी दायित्वका बिच तात्त्विक भिन्नता रहेको हुन्छ । भ्रष्टाचार निवारण ऐनको संरचनाबाट सार्वजनिक उत्तरदायित्व भएका पदाधिकारी तथा राष्ट्रसेवकले अन्य व्यक्तिहरूसँग मिली भ्रष्टाचारजन्य कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10386वि.सं. २०७६संयुक्त इजलास

टप घर भत्काई खिचोला छोडाई बाटो कायम चलन

दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि सो तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न नमिल्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10385वि.सं. २०७६संयुक्त इजलास

आगो लगाई कर्तव्य ज्यान

मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नको लागि दुई वा दुईभन्दा बढी कागज पेस भएकोमा ती कागजहरू वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले सुनेको भनी लेखाएको विषय एकापसमा विरोधाभाषपूर्ण हुनुहुँदैन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10384वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / प्रतिषेध

दर्ता छुट भएको भनी माग गरेको जग्गामा नदी उकाशपश्‍चात् आफ्नै भोगमा रहेको भन्‍ने उल्लेख गरेको र मालपोत कार्यालयबाट निवेदकले पेस गरेको साबिक दर्ता भोगसमेतको प्रमाणहरूको रोहमा स्थलगत सर्जमिन बुझ्ने, जग्गाको रेखाङ्कन गर्ने, भू-संरक्षण कार्यालयको सहमति लिनेसमेतको प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10383वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

नगरप्रमुखले नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा सम्झौता गरी कसैलार्इ निजी बाटोको रूपमा प्रयोग गर्न दिएमा त्यस्तो कार्य स्वत: (ipso facto) गैरकानूनी हुने देखिन्छ । यस्तो गैरकानूनी कार्यको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्णय गरी निर्द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10382वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कानूनमा भएको व्यवस्थाबमोजिम नोकरी जोड्न समयमा नै निवेदन गरी कर्मचारीले आफ्नो कर्तव्य पालना गरेकोमा सार्वजनिक निकाय वा पदाधिकारीले ढिला निर्णय गरेका कारण त्यसको दुष्परिणाम कर्तव्य पालन गरेको कर्मचारीलाई बहन गराउन नमिल्ने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10381वि.सं. २०७६संयुक्त इजलास

लागु औषध (डाइजेपाम)

लागु औषध बरामद भएपछि त्यसको प्रकृति अर्थात् त्यसले मानव स्वास्थ्यमा पार्ने असर, लागु औषधको परिमाण, वारदात र वारदात हुँदाको अवस्था, प्रतिवादीले पहिले पनि कारोबार गरे नगरेको र सेवन गर्ने नगर्ने अवस्थासमेतलाई मध्यनजर गरी कसुरको मात्रा निर्धारण गर्नुपर्ने । बिक्री…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10380वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / प्रतिषेध

प्लाष्टिकको झोलाबाट वातावरणमा दुस्प्रभाव पर्ने, यसलाई पुनः नवीकरण गर्न नसकिने र नसड्ने हुनाले लामो समयसम्म जमिनमा रही माटोको गुणस्तर कम भई माटो, पानीलगायत प्रदूषित भई जीव तथा वनस्पतिको जीवन खतरामा परेको अवस्था छ । वातावरण एवं जनस्वास्थ्यलाई ध्यानमा राख्दा हालक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10379वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

जुन रकम आयमा गणना नै हुँदैन, आम्दानी नै भएको छैन, अर्कै संस्था कल्याणकारी कोषमा जम्मा भएको छ, त्यस्तो रकम कल्याणकारी कोषबाट खर्च भएको छैन भन्‍ने कारणले पुनः कम्पनीको आम्दानीमा गणना गरी कर लगाउन नमिल्ने । (प्रकरण नं.१३) कानूनमा रहेका अस्पष्टताहरू स्पष्ट गर्न पर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10378वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

बाग्मती नदीलगायतका सबै नदीनालाहरूको किनाराका अनधिकृत रूपमा मापदण्डविपरीत अतिक्रमित सरकारी सार्वजनिक जग्गालाई उचित संरक्षण र व्यवस्थापन नगर्ने हो भने सार्वजनिक जग्गाहरू अतिक्रमण गरी बसोवास गर्ने कार्यले परापूर्वकालदेखि चली आएको धार्मिक र सांस्कृतिक धरोहरका सम्प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10377वि.सं. २०७६संयुक्त इजलास

क्षतिपूर्ति दिलाई पाऊँ

चिकित्सा सेवा प्रयोगात्मक विज्ञान (Applied Science) हो । उपचारको क्रममा बिरामी ठीक नहुँदा डाक्टरकै कारणले बिरामी ठीक नभएको भन्ने सोच एकाङ्गी सोच हुन जाने हुन्छ । अन्य बाह्य कारण तथा प्राविधिक कारण तथा बिरामीले नै उचित मार्ग अवलम्बन गर्न नसेकेको वा पर्याप्त सूच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10376वि.सं. २०७६संयुक्त इजलास

भ्रष्टाचार

प्रतिवादीहरूको सम्बन्धमा पेस भएको दृश्यसहितको अडियोमा प्रतिवादीहरूले जाहेरवालासँगको वार्तालाप र रिसवतको नोट लिएको, गनेको र अर्का प्रतिवादीले पनि जाहेरवालासँग रिसवतकै नोट लिएर गनेको दृश्य देखिँदा भ्रष्टाचार मुद्दामा कसुर स्थापित गर्ने प्रत्यक्ष एवम मुख्य प्रमाण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10375वि.सं. २०७६संयुक्त इजलास

जबरजस्ती करणी

जबरजस्ती करणीको महलको १० नं. मा पीडितलाई पीडकबाट क्षतिपूर्ति भराइ दिने व्यवस्था पीडकलाई पीडितप्रति जवाफदेही बनाउने र पीडितले पीडकबाट आफूउपर पुर्‍याएको क्षतिको परिपूरण गर्ने आधार हो । जबरजस्ती करणीमा प्रतिवादीलाई हुने कैद र जरिवाना अपराधीलाई निजले गरेको आपराधिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10374वि.सं. २०७६संयुक्त इजलास

ठगी

कानूनले कसुर नमानेको विषयमा कसैउपर मुद्दा चलाउने र कसुरदार ठहर गर्ने कार्य फौजदारी न्यायको सिद्धान्तविपरीत हुन्छ । देवानी दायित्वअन्तर्गतको विषयलाई समेत मिसाई फौजदारी कसुरमा प्रतिवादीलाई सजाय गर्न जाहेरी परेको अवस्थामा बलजफ्ती फौजदारी प्रकृतिको विवाद सिर्जना ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10373वि.सं. २०७६संयुक्त इजलास

राजीनामा लिखत बदर

म्याद गुजारी पछि दाखिला खारेज गर्न गएको भन्‍नेसमेतका आधारमा कानूनबमोजिम लिखत बदर नभएसम्म राजीनामा पास गरी लिने व्यक्तिको हक समाप्‍त हुने भनी भन्‍न नमिल्ने । (प्रकरण नं.३) राजीनामा लिखत कायम रहेकै अवस्थामा आफ्नो हक नै नरहेको जग्गामा मिलापत्र गर्दैमा सो जग्गामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10372वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कर्मचारीलाई प्रदान गरिएको सुविधा निजको मन्जुरी बेगर “निजलाई प्रतिकूल असर पर्ने गरी” कटौती गर्न नहुने, एक पटक प्रदान गरिएको सुविधाको निरन्तरता निजको सेवाकालमा कायम रहने कुरालाई विधायिकाले कानूनी रूपमा मान्यता दिएको देखिन आउँदछ । खाइपाइसकेको सुविधा कटौती नगरिने,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10370वि.सं. २०७६संयुक्त इजलास

अदालतको अवहेलना

प्रेस तथा सञ्‍चार माध्यमले आफ्नो प्रकाशनद्वारा अदालतप्रति भ्रामक हल्ला फिँजाई अनास्था पैदा गरी काण्ड मच्चाउने (Scandalize) कार्य गर्दछन् भने त्यस प्रकारको कार्यलाई अवहेलनाजन्य कार्य मानिने । न्यायपालिकाको शक्ति भनेको यसप्रतिको नागरिकको आस्था र विश्वास हो तर जब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10369वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण

प्रारम्भिक रूपमा विवादलाई Adjudication वा Dispute Adjudication Board लाई सुम्पने हो भने कसलाई, कसरी उक्त अधिकार दिने भन्‍ने बारे सम्झौतामै उल्लेख गरी कार्यविधिसमेत स्पष्ट गर्नु पक्षहरूबाट अपेक्षित विषयहरू हुन् । यदि सम्झौतामा विवाद समाधानको प्रारम्भिक चरणको त्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10368वि.सं. २०७६संयुक्त इजलास

कर्तव्य ज्यान

विषालु र नशालु पदार्थ सेवन गरेको २४ घण्टाभन्दा बढी अवधि व्यतित भएपश्‍चात् Viscera निकालेर परीक्षणको लागि पठाएको भिसेरामा नशालु र विषालु पदार्थ नपाइएको भनी दिएको प्रतिवेदनलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीले अदालतमा गरेको बयानमा स्वीकार गरेको तथ्यल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10367वि.सं. २०७६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै पनि व्यक्तिउपर फौजदारी कसुरमा मुद्दा चल्न वस्तुनिष्ठ आधार हुनुपर्छ । फौजदारी कसुरमा प्रत्यक्ष वा परोक्ष सम्बद्धता बेगर सतही आधारमा मुद्दा चलाइनु गैरकानूनी हुने । (प्रकरण नं.४) आफ्नै हिरासतमा रहेको व्यक्तिलाई बेपत्ता देखाई पछि सुविधाअनुसार म्याद थप लिने छु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10366वि.सं. २०७६संयुक्त इजलास

उत्प्रेषण / परमादेश

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मुद्दाको निर्णयकर्ता नभई अनुसन्धान, तहकिकात र अभियोजनकर्तासम्म हो । त्यसकारण आयोगले कसैउपर निर्णयकर्ताको रूपमा निर्देशनात्मक आदेश दिई कुनै कार्य भइसकेको अवस्थामा त्यसलाई बदर गराउन नसक्ने । आयोगले कुनै निर्णय लागू गर्ने वा नगर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10365वि.सं. २०७६पूर्ण इजलास

खिचोला मेटाई हक कायम दर्ता गरिपाऊँ ।

मुद्दा दोहोर्‍याई हेर्ने आदेश नै प्रचलित कानूनविपरीत देखिन आएको परिप्रेक्ष्यमा मुद्दामा तात्विक महत्त्व राख्ने वा सान्दर्भिक देखिन नआएमा अरू सम्बद्ध तथ्यहरू के थिए भनी हेरिरहनुको कुनै औचित्य रहन सक्दैन । दोहोर्‍याई हेर्ने आदेश नै कानूनसम्मत नदेखिएको हुँदा निस्…

नजिर सार पढ्नुहोस् →