नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10377 · वि.सं. २०७६

नि.नं. 10377 — क्षतिपूर्ति दिलाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

चिकित्सा सेवा प्रयोगात्मक विज्ञान (Applied Science) हो । उपचारको क्रममा बिरामी ठीक नहुँदा डाक्टरकै कारणले बिरामी ठीक नभएको भन्ने सोच एकाङ्गी सोच हुन जाने हुन्छ । अन्य बाह्य कारण तथा प्राविधिक कारण तथा बिरामीले नै उचित मार्ग अवलम्बन गर्न नसेकेको वा पर्याप्त सूचना नदिएको कारणबाट हुन सक्छ तथापि यो प्रयोगात्मक विज्ञान भएकोले बिरामी वा उपभोक्ताको सन्तुष्टि नै चिकित्सकको सफलता हो । चिकित्सा सेवाको Standard of Care का लागि आवश्यक पर्ने Guideline र Checklist हरूलाई पालना गर्नु पर्ने । (प्रकरण नं.१०) बिरामीले पनि आफ्नो उपचारको सम्बन्धमा पूर्णसहमति प्रदान गरिएको हुनुपर्छ । बिरामीको र डाक्टरको छलफलपछि बिरामीलाई लागेको रोग, त्यसको उपचार, विकल्प र उपचार गर्दा वा नगर्दा हुने परिणामबारे जानकारी गराई बिरामीको सहमतिपछि मात्र उपचार गर्नु उपयुक्त हुन जाने देखिन्छ । जसअनुसार बिरामीको सहमतिअनुसार (Doctrine of Informed Consent) उपचार गर्न उपयुक्त प्रणाली अपनाउनु पर्ने । (प्रकरण नं.११) सेवाग्राहीले उपभोग गरेको सेवा प्रदाय निकाय अस्पतालमा कार्यरत प्रत्यक्ष दायित्य भएका चिकित्सक र अप्रत्यक्ष दायित्व (Vicarious Liability) भएको अस्पतालले उचित व्यवस्थापन नगरिदिएको कारणबाट पर्न गएको क्षतिको अप्रत्यक्ष दायित्व (Vicarious liability) बाट अस्पतालसमेत पञ्‍छिन नमिल्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10377
मुद्दाको विषयक्षतिपूर्ति दिलाई पाऊँ
निर्णय वर्ष / मिति2076/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७१-CI-०१२४
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10377
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्