नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10376 · वि.सं. २०७६
नि.नं. 10376 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीहरूको सम्बन्धमा पेस भएको दृश्यसहितको अडियोमा प्रतिवादीहरूले जाहेरवालासँगको वार्तालाप र रिसवतको नोट लिएको, गनेको र अर्का प्रतिवादीले पनि जाहेरवालासँग रिसवतकै नोट लिएर गनेको दृश्य देखिँदा भ्रष्टाचार मुद्दामा कसुर स्थापित गर्ने प्रत्यक्ष एवम मुख्य प्रमाणको रूपमा नै मान्नु पर्ने । (प्रकरण नं.१६) भ्रष्टाचार जस्तो गम्भीर कसुरमा अभियोग लगाउँदा एवं कसुर कायम गर्दा प्रस्ट रूपमा सबुद प्रमाणहरूबाट पुष्टि हुनुपर्ने र त्यस्तो सबुद प्रमाण प्रत्यक्षरूपमा हुनु र देखिनु पर्ने । कसैले कुनै व्यक्तिउपर दोष वा अभियोग लगाउँछ भने त्यसरी दोष वा अभियोग लगाउन मात्र पर्याप्त हुँदैन, सो कुरा प्रमाणको आधारमा पुष्टि पनि गर्नुपर्छ । फौजदारी मुद्दामा प्रतिवादीको कसुर प्रमाणित गर्नुपर्ने भार वादी वा अभियोग दाबी गर्ने पक्षमा रहने । (प्रकरण नं.२२) प्रत्यक्ष एवं स्वतन्त्र प्रमाणको अभावमा केवल अनुमान, आशंका र अन्दाजको भरमा लिइएको अभियोग दाबीबाट अभियुक्तलाई कसुरदार ठहर्याई सजाय दिनु फौजदारी न्यायको मान्य सिद्धान्तविपरीत हुनुका साथै शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं.२८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10376 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2075/06/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७१-CR-०२१२ | ०७१-CR-०२९२ | ०७१-CR-०३०३ | ०७१-CR-०३३३ | ०७१-CR-०३७५ | ०७१-CR-०३७६ | ०७१-CR-०५१९ | ०७१-CR-०५५९ | ०७१-CR-०७२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10376 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
