नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10384 · वि.सं. २०७६
नि.नं. 10384 — उत्प्रेषण / प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
दर्ता छुट भएको भनी माग गरेको जग्गामा नदी उकाशपश्चात् आफ्नै भोगमा रहेको भन्ने उल्लेख गरेको र मालपोत कार्यालयबाट निवेदकले पेस गरेको साबिक दर्ता भोगसमेतको प्रमाणहरूको रोहमा स्थलगत सर्जमिन बुझ्ने, जग्गाको रेखाङ्कन गर्ने, भू-संरक्षण कार्यालयको सहमति लिनेसमेतको प्रक्रिया पूरा गरी निवेदकले छुट दर्ता माग गरेको जग्गा निवेदकको भोगमा रहेको देखिएकोमा नेपाल सरकारले कसैको नाममा दर्ता नभएको सार्वजनिक जग्गा नेपाल सरकारको नाउँमा दर्ता गर्ने भनी गरेको नीतिगत निर्णयको आधारमा स्थलगत कुनै कुराको जाँचबुझ नगरी नेपाल सरकारको नाउँमा दर्ता गरेको आधारमा व्यक्ति विशेषको साबिक दर्ताको जग्गाको हक समाप्त नहुने । (प्रकरण नं.१२) कानूनबमोजिम मालपोत कार्यालयले मात्र कुनै जग्गा सार्वजनिक हो होइन र दर्ता गर्न मिल्ने हो होइन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार राख्नेमा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने नगर्ने जस्ता जग्गा प्रशासनसम्बन्धी कुनै क्षेत्राधिकारै नभएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारभन्दा बाहिर गई गरेको निर्देशित आदेशबाट स्वयं मालपोत कार्यालयको क्षेत्राधिकार नै निष्क्रिय र सीमित हुने । जुन निकाय वा पदाधिकारीले सार्वजनिक जग्गा सम्बन्धमा निर्णय गर्न सक्ने हो त्यस निकायको अधिकार क्षेत्रभित्र प्रवेश गरी अमुक काम गर्नु वा नगर्नु भनी निर्देशित आदेश एवं निर्णय गर्ने कार्य कानूनबमोजिम भन्न नमिल्ने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10384 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2076/01/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७४-WO-०१६९ | ०७१-WO-००८३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10384 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
