नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10387 · वि.सं. २०७६
नि.नं. 10387 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
भ्रष्टाचारजन्य कसुर र देवानी दायित्वका बिच तात्त्विक भिन्नता रहेको हुन्छ । भ्रष्टाचार निवारण ऐनको संरचनाबाट सार्वजनिक उत्तरदायित्व भएका पदाधिकारी तथा राष्ट्रसेवकले अन्य व्यक्तिहरूसँग मिली भ्रष्टाचारजन्य कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने, आफू वा अन्य व्यक्तिलाई लाभ वा हानि पुर्याउने कार्य गरेमा सो कार्यमा संलग्न रहेका पदाधिकारी, संस्था वा व्यक्तिलाई समेत कसुरदार ठहर हुने । (प्रकरण नं.९) करारीय सम्बन्धको विषयलाई लिएर भ्रष्टाचार मुद्दा चलाइएको, कर्जा लगानी गर्ने बैंकका कर्मचारीहरूलाई सफाइ दिने गरी भएको फैसलाउपर वादी पक्षको पुनरावेदन परेको नदेखिएको, खास ऋणीहरूउपर मुद्दा नै नचलाइएको, हायर पर्चेज कर्जासम्बन्धी बैंक र ऋणीबिच भएको सम्झौताको सर्तबमोजिम बैंकले गाडी कब्जामा लिने कार्य गरेको नदेखिएको, फौजदारी कसुरजन्य बदनियत राखेर प्रतिवादीले कारोबार गरेको देखिने तथ्य प्रमाणित हुन नआएको र ऋणी तथा जमानत दिने सप्लायर्स कम्पनीसमेतका प्रतिवादीबाट कृषि विकास बैंक र सप्लायरबिच भएको Buy Back Agreement अनुसार र प्रचलित कानूनबमोजिम असुल गर्नुपर्ने बाँकी रकम बैंकले असुल गर्न सक्ने नै भएको अवस्था रहेकोले यसमा आरोपपत्र दाबीबमोजिम भ्रष्टाचारको कसुर ठहर गर्न नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10387 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2076/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०६४-CR-०३१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10387 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
