नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10369 · वि.सं. २०७६

नि.नं. 10369 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रारम्भिक रूपमा विवादलाई Adjudication वा Dispute Adjudication Board लाई सुम्पने हो भने कसलाई, कसरी उक्त अधिकार दिने भन्‍ने बारे सम्झौतामै उल्लेख गरी कार्यविधिसमेत स्पष्ट गर्नु पक्षहरूबाट अपेक्षित विषयहरू हुन् । यदि सम्झौतामा विवाद समाधानको प्रारम्भिक चरणको त्यस्तो कार्यविधि उल्लेख भएको छैन भने अवस्था परिस्थितिअनुसार त्यस्तो सम्झौतालाई वैकल्पिक उपचार वा विवाद समाधान गर्ने सम्बन्धमा अपूर्ण वा कार्यान्वयन हुन नसक्‍ने प्रकृतिको सर्त मान्‍नुपर्ने अवस्था पर्न सक्ने । (प्रकरण नं.१४) विवादहरू मध्यस्थताद्वारा समाधान गरिने भन्‍ने सम्झौतामा स्पष्ट व्यवस्था नभएको अवस्थामा अदालत आफैँले मध्यस्थताबाटै विवाद समाधान गर्ने गरी नयाँ सर्त थप्न नसक्ने । करार सम्झौतामा उल्लेख नभएको सर्त सम्बन्धमा कुनै पक्षको व्यवहार, घटना, सामान्य पत्राचार वा एकतर्फी प्रस्तावलाई लिएर सम्झौतामा संशोधन वा हेरफेर भयो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10369
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/02/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
मुद्दा नं.०७४-WO-०२१४ | ०७२-WO-०९१३ | ०७४-RI-०५७१ | ०७२-FJ-०१२९ | ०७५-CI-०६३९
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10369
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्