नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10385 · वि.सं. २०७६

नि.नं. 10385 — आगो लगाई कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा ग्रहण गर्नको लागि दुई वा दुईभन्दा बढी कागज पेस भएकोमा ती कागजहरू वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले सुनेको भनी लेखाएको विषय एकापसमा विरोधाभाषपूर्ण हुनुहुँदैन । अस्पतालमा गराइएको भनिएको कागजमा उपचारमा संलग्न चिकित्सक वा अन्य कर्मचारीलाई रोहवरमा राखी निजहरूले अदालतसमक्ष सोको विषयमा बकपत्र गरेको हुनुपर्दछ । पेस गरिएका कागजमा उल्लिखित बेहोरा मिसिल संलग्न कागजबाट समर्थित भएको हुनुपर्दछ, सो नभए पनि खण्डित भएको हुनु नहुने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10385
मुद्दाको विषयआगो लगाई कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/01/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी
मुद्दा नं.०७४-CR-०२८४ | ०७४-CR-०९७२ | ०६७-CR-०२१०
उद्धरण सन्दर्भने.का.प. २०७६, नि.नं. 10385
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्