सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३७ / ४४०

नि.नं. 8249वि.सं. २०६६संयुक्त इजलास

आयकर ।

§ औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ज) बमोजिम उद्योगले स्थिर जेथाको ह्रासकट्टि गर्दा प्रचलित आयकरसम्बन्धी कानूनमा उल्लिखित दरमा सोही दरको एक तिहाई थप गरी कट्टा गर्न पाउने सुविधा आवधिक रुपमा प्राप्त हुने सुविधा नभई यस्तो सुविधा उद्योग सञ्चालनमा रहेसम्म प्राप्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8248वि.सं. २०६६संयुक्त इजलास

अंश चलन ।

§ कम्पनीको रुपमा दर्ता भई निजीस्तरमा सञ्चालित विद्यालयहरू तथा ती विद्यालयहरूको स्वामित्वमा रहेका सम्पत्तिहरू अन्य व्यक्तिगत सम्पत्तिसरह स्वामीको एकलौटी हक भोगको आफूखुसी भोग गर्ने, वेचबिखन गर्ने एवं दान दातव्य गर्ने, एकलौटी अधिकार (Exclusive Right) उपभोग गर्न न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8247वि.सं. २०६६संयुक्त इजलास

परमादेश ।

§ व्यक्तिगत जमानी वस्नुको अर्थ ऋणीलाई समयमा नै ऋण बुझाउन लगाउनु र ऋणीले ऋण नुबुझाएमा जमानी बस्ने व्यक्तिबाट दायित्व वहन गराउनु रहेको हुने । § जमानी वस्नेको कुनै दायित्व वा कानूनी हैसियत नहुने भए जमानी राख्नुको कुनै कारण आउँदैन थियो । तसर्थ ऋणीले लिएको ऋणमा जमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8246वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ जो जो बीच नाताको प्रश्न उठेको हो सोही विषयमा केन्द्रित नगरी असम्बद्ध प्रमाण बुझ्न अन्य अन्य व्यक्तिको डी.एन.ए. परीक्षण गरी पाउन माग गर्नु विवाद भन्दा वाहिर कानूनको प्रक्रिया विस्तार गर्नु खोजेको देखिने हुनाले त्यस्तो जिकीर न्यायको रोहमा स्वीकार्य देखिन नआउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8245वि.सं. २०६६संयुक्त इजलास

लस अफ लाईसेन्स बीमा दावी ।

§ बीमितको हक हितमा बीमा गरिएको अवस्था र सो बीमा प्रस्तावलाई बीमकले स्वीकार गरिरहेकै अवस्थामा आफ्नो हितमा मर्का पर्न गएको कुरामा मुद्दा गर्ने हकदैया बीमितलाई प्राप्त हुने । (प्रकरण नं. ४) § मूल करारअनुसार एकलाख पचासहजार बीमाङ्कका लागि लाग्ने प्रिमियम लिनुदिनु भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8244वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ प्रचलित नेपाल कानून शिक्षा ऐन नियमावली, मुलुकी ऐन अंशबण्डाको महल, अपुतालीको महलसमेतले पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजको श्रीमतीलाई स्वीकार गरेको अवस्थामा श्रीमतीहरू एकभन्दा वढी भएकोमा कुनै एकलाई मात्र हकवालाको रुपमा ग्रहण नगरी सवैलाई समान हकवालाको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8243वि.सं. २०६६संयुक्त इजलास

लागू औषध (ब्राउन सुगर)

§ लागू औषधको Manace लाई नियन्त्रण गर्ने उद्देश्यले विधायिकाले आफूमा भएको विधायिकी अधिकार प्रयोग गरी समाजको बृहत्तर हितलाई ध्यानमा राखी बनाएको कानूनलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) § फौजदारी अपराधमा अपराध भएको भन्ने तथ्य अर्थात् Corpus Delict पहिला वादील…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8242वि.सं. २०६६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण ।

§ ICCPR र CRC जस्ता Convention मा पक्ष बनेको र लिखित संविधान भएको राष्ट्र, जहाँ मौलिक हकको व्यवस्था भएको छ, त्यहाँ निजामती कर्मचारीले फौजदारी मुद्दा हेर्ने भन्ने कुरा नआउने । § संवैधानिक व्यवस्थाअनुसार हिजोसम्म Valid भएको कानून संवैधानिक व्यवस्था परिवर्तन भएपछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8241वि.सं. २०६६संयुक्त इजलास

अंश चलन ।

§ सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई हेरचाह र सेवा सुश्रुषा गर्ने सवैभन्दा नजिकको हकवाला नै संरक्षक हुने हुन्छ । यस्तो संरक्षकको क्षेत्रभित्र मुख्य रुपमा पत्नी, छोरा, छोरी जस्ता नजिकका नातेदारहरू प्राथमिकताको क्रमअनुसार पर्ने । (प्रकरण नं.२) § सौतेनी छोरा र भत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8240वि.सं. २०६६संयुक्त इजलास

आदेश बदर गरिपाऊँ ।

§ एउटै विषयमा एकपटक छानवीन र अनुसन्धान गरी विभागीय कारवाही गर्ने निर्णय गरिसकेपछि पुनः त्यसै विषयमा अर्को निर्णय गरी अर्को प्रकृतिको कारवाही गर्नसक्ने गरी कानूनद्वारा स्पष्ट अधिकार प्राप्त नभएको अवस्थामा एउटै विषयमा पहिले गरेको निर्णयको प्रतिकूल हुने गरी अख्ति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8239वि.सं. २०६६संयुक्त इजलास

परमादेश समेत ।

§ मौलिक हकको रुपमा स्थापित जीवनको अधिकार र स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई टेवा पुर्‍याउने हिसाबले राज्यका नीतिमा समेत समेटिएको विषयमा राज्यका कार्यक्रम मुखरित हुनु वाञ्छनीय मात्र नभै अनिवार्य नै हुने । (प्रकरण नं.२९) § विषादीको असरबाट स्थानीय जनसमुदाय र प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8238वि.सं. २०६६पूर्ण इजलास

रैकर दर्ता बदर गुठी कायम ।

§ गुठी स्वीकार गरिसकेपछि दाताकै हक समाप्त भएको अवस्थामा निजबाट हक प्राप्त गर्ने पुनरावेदकको हक बाँकी रहेको भन्न नमिल्ने । (प्रकरण नं.५) § राजगुठीको जग्गाको हक, स्वामित्व र प्रकृति नापीले अन्यथा निर्णय गर्दैमा समाप्त हुन नसक्ने । (प्रकरण नं.६) § कुनै खास उद्देश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8237वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण परमादेश ।

§ आफूहरूको पदस्थापन कुनै खास कार्यालयमा नै हुनुपर्छ भनी माग गर्नसक्ने कुनै कानूनी आधारविना कहाँ के कुन कार्यालयमा के कस्तो दरवन्दी सिर्जना गर्ने भन्ने नितान्त प्रशासनिक प्रकृतिको विषयवस्तुमा स्पष्ट कानूनी आधारवेगर यो यस्तो पदस्थापनाको कार्य गर्नु भनी अदालतले प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8236वि.सं. २०६६पूर्ण इजलास

कुत दिलाई मोही निष्काशन ।

§ विधायिकाले निर्माण गरेको कानूनको सम्बन्धमा संवैधानिकताको प्रश्न उठी अधिकार प्राप्त निकायबाट विधिसम्मत तरिकाले अबैध घोषित नभएसम्म वा विधायिकाबाट खारेज वा संशोधन नभएसम्म त्यसमा बाध्यात्मक शक्ति निहीत हुन्छ । अदालतले त्यसको व्याख्या र पालन गर्ने गर्दछ । त्यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8235वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण ।

§ कुनै व्यक्ति वा निकायले दिएको सुझावले निर्णयमा पुग्नको लागि सहयोग पुर्‍याउन सक्तछ तर यस्तो सुझाव निर्णय गर्ने निकायको लागि बाध्यात्मक हुन नसक्ने । (प्रकरण नं.१३) § “धितोपत्र दलाल सिफारिश छनौट विधि” बनाई लागू गर्ने भई सो निर्णयलाई कार्यान्वयन गर्ने प्रक्रिया…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8234वि.सं. २०६६विशेष इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ कति वटा कम्पनी वा संस्थालाई धितोपत्र दलालको इजाजतपत्र दिने भन्ने वारेमा निर्णय गर्ने अधिकार व्यवसायको नियमनकारी निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र उक्त व्यवसाय सञ्चालन गर्ने, बजार उपलब्ध गराउने नेपाल धितोपत्र विनिमय बजार लि.ले निर्णय गर्ने विषय भएकाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8233वि.सं. २०६६संयुक्त इजलास

आयकर

§ कतिपय बिबरणका सम्बन्धमा करदाता स्वयंले नै अलमल परेको वा टाइपको गल्तीले त्रुटि भएको भनी स्वीकार गरेको अवस्थामा त्यस्तो लेखा बिबरणलाई आयकर ऐन, २०३१ को दफा ५८ बमोजिम अमान्य हुने अवस्थाको नै मान्नुपर्ने । (प्रकरण नं. ३) § करदाताले पेश गरेको लेखालाई मान्यता दिई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8232वि.सं. २०६६संयुक्त इजलास

अंश दर्ता चलन ।

§ अघिल्लो पुस्तामा मानो छुटिृएको भन्ने तथ्यले पछिल्लो पुस्ताका बीचको सम्बन्ध निर्धारण गर्न नसक्ने । § अघिल्लो पुस्ताका बाबुहरूले हजुरबुवासँग गरेको मुद्दाले नाति पुस्तालाई आफ्ना बाबु र काकासँग अंश माग्न पाउने हक खोस्न सक्दैन र त्यस्ता अप्रासांगिक तथ्यलाई आधार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8231वि.सं. २०६६संयुक्त इजलास

अंश ।

§ बाबुले आफ्नो पालामा आर्जन गरेको कारणमात्र कुनै सम्पत्ति अंशबण्डाको १८ नं. को प्रयोजनको लागि बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्न नसक्ने । § बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्नका लागि कुनै अंशियारले निजी तवरबाट आफ्नो निजी प्रयोगको लागि आर्जन गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8230वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण

§ संवैधानिक प्रक्रिया पूरा गरेको अवस्थामा सार्वजनिक हितको लागि आवश्यक विकास निर्माण कार्य गर्नको लागि राज्यले कुनै पनि व्यक्तिको निजी सम्पत्ति कव्जा गर्नसक्ने तर त्यसरी अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुपर्ने । (प्रकरण नं.५) § निर्धारित मापदण्डमध्ये कुन वर्गभित्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8229वि.सं. २०६६संयुक्त इजलास

निर्णय बदर नामसारी ।

§ जग्गा खरीद गर्नेले ससीम कित्ताको जग्गा नै खरीद नगरी कुनै कित्ताबाट आंशिक मात्र खरीद गरेको र सोअनुसारको जग्गा आफ्नो नाममा दर्ता गराई भोगचलन समेत गरी आएकोमा पछि सो राजीनामा भित्रको आफ्नो जग्गा बाँकी छ भन्न र आफ्नो हकको स्रोत उक्त राजीनामामा लेखिएभन्दा बढी जग्ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8228वि.सं. २०६६संयुक्त इजलास

करार ऐनबमोजिम उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ प्रचलित नेपाल कानूनले कुनै खास विषयको करार गर्दा अपनाउनु पर्ने कार्यविधि र ढाँचा तोकिएको अवस्थामा बाहेक अन्य विषयमा गरिने सामान्य करारको ढाँचा नतोकिएको र करार गर्दा लिखित रुपमा दोहोरो करारनामा नै हुनुपर्ने भन्ने कानूनी बाध्यता नपर्ने । (प्रकरण नं. ३) § पक्ष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8227वि.सं. २०६६संयुक्त इजलास

अंश चलन ।

§ अंशबण्डाको ३० नं.को प्रयोग र प्रयोजनका लागि विवादको स्वरुप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बण्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्वहरूको परिधि तोकिदिएको छ । यही परि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8226वि.सं. २०६६संयुक्त इजलास

अदालतको अपहेलना ।

§ अदालतको अपहेलनाको विषयलाई कुनै यान्त्रिक सूत्रमा आबद्ध गरी मूल्याङ्कन गर्न नसकिने। § कुनै कार्य अदालतको अपहेलनाजन्य हो होइन भनी निर्धारण गर्दा त्यस्तो कार्यबाट अदालतको निष्पक्ष न्याय सम्पादनको प्रक्रियामा अवरोध पुग्न गएको छ छैन र त्यस्तो कार्यले अदालतप्रतिक…

नजिर सार पढ्नुहोस् →