नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8234 · वि.सं. २०६६
नि.नं. 8234 — उत्प्रेषणयुक्त परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कति वटा कम्पनी वा संस्थालाई धितोपत्र दलालको इजाजतपत्र दिने भन्ने वारेमा निर्णय गर्ने अधिकार व्यवसायको नियमनकारी निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र उक्त व्यवसाय सञ्चालन गर्ने, बजार उपलब्ध गराउने नेपाल धितोपत्र विनिमय बजार लि.ले निर्णय गर्ने विषय भएकाले धितोपत्र दलालको संख्या तोक्ने वा सीमित गर्ने गरिएको निर्णय वा कारवाहीको कुरा न्यायिक निरुपणको विषय हुन नसक्ने । (प्रकरण नं.३) § सर्वसाधारणको हित र रक्षाको लागि उद्यम व्यवसाय, रोजगारी वा आर्थिक गतिविधिको विविध पक्षहरू मध्ये कुन पक्ष वा क्षेत्रलाई नियमित तथा व्यवस्थित गर्ने र कसरी यो नियमनको कार्य गर्ने भन्ने कुरा राज्यले बनाएको कानूनको अधीनमा रही सम्बन्धित क्षेत्रको नियमनकारी निकाय वा यस्तो निकायको स्वीकृतिमा अन्य अधिकार प्राप्त निकायले निर्धारण गर्ने कार्य भएकोले उक्त उद्देश्यको लागि बनाइएको कुनै पनि नियम, विनियम वा निर्देशिकाको औचित्यताको प्रश्नतर्फ यस अदालतले प्रवेश गर्न र आफ्नो धारणा राख्न नसक्ने । (प्रकरण नं.४) § धितोपत्रसम्बन्धी ऐन, २०६३ मा स्पष्ट रुपमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी कुनै कम्पनी वा संस्था दर्ता गरी यस्ता कम्पनी वा संस्थाको नामबाट धितोपत्र दलालको व्यवसाय गर्न चाहने प्राकृतिक व्यक्तिले मात्र कारोबार इजाजत पत्र पाउन सक्ने व्यवस्था गरिएको कारणले प्राकृतिक व्यक्ति र कृत्रिम व्यक्तिबीच असमान व्यवहार गरियो भनी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ मा व्यवस्था गरिएको कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रतासम्बन्धी मौलिक हकको व्यवस्थाविपरीत भयो भनी मान्न नमिल्ने । § समानताको हक निरपेक्ष हक होइन । समान अवस्था र हैसियतमा रहेका व्यक्तिहरूका बीच विभेद गरिएको अवस्थामा मात्र समानताको हकको संवैधानिक व्यवस्था आकर्षित हुने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8234 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश । |
| निर्णय वर्ष / मिति | 2066/05/25 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8234 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
