सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३६ / ४४०

नि.नं. 8273वि.सं. २०६६पूर्ण इजलास

लेनदेन

§ सबै अदालतमा आफैंले मुद्दा दायर गरेको अवस्थामा तथ्यहरूका बारेमा वादीमा शुरु अनभिज्ञताको स्थिति नै रहँदैन र मुद्दामा फैसला हुँदा मात्र आफू बेरुजू भएको भन्दैमा फैसलाको नक्कल लिन आफैंले निवेदन दिएपछि पनि फैसलाको जानकारी नभएको भनी पूरै अनभिज्ञताको जिकीर लिन नमिल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8272वि.सं. २०६६संयुक्त इजलास

अंश चलन

§ नातामा विवाद भई अन्य सम्वद्ध सबूद प्रमाणबाट सो विवादका वारेमा निष्कर्षमा पुग्न नसकिने भएमा DNA जस्तो अत्याधुनिक वैज्ञानिक परीक्षण गराई निष्कर्षमा पुग्नुलाई अस्वाभाविक मान्न सकिदैन तर अन्य प्रमाणबाट नातासम्बन्धी विवाद कायम रहेको नदेखिएमा सो परीक्षणको औचित्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8271वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

· व्यक्तिको निजी सम्पत्तिको रुपमा रहेको प्राचीन स्मारक वा प्राचीन स्मारक क्षेत्रभित्र रहेको निजी वा संस्थागत स्वामित्वको घर जग्गा स्मारक संरक्षणको दृष्णिकोणले आवश्यक ठानेमा सो सम्पत्ति जुनसुकै प्रकृतिको भएपनि सोको उपयुक्त मूल्याङ्कन गरी सोही मूल्यको आधारमा कि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8270वि.सं. २०६६संयुक्त इजलास

कर्तव्यज्यान

§ आत्मरक्षा आफूले मनलागेको बेलामा वा अनुकूल पर्ने गरी वा बचाउको अन्य आधारको समाप्ति (exhaust at other grounds of defense) मा जिकीर लिन पाइने होइन । अपितु बास्तवमा नै ऐनले निर्दिष्ट गरेको अवस्थामा आफ्नो जीउ ज्यान जोगाउन अन्तिम बिकल्पको रुपमा हतियार उठाएको वा आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8269वि.सं. २०६६संयुक्त इजलास

लागु औष‍ध चरेश

§ बयानका क्रममा राजीखुशीविना शारीरिक यातना दिइएको अवस्थामा प्रहरीसमक्ष गरिएको पूर्ण वा आंशिक सावित बयान स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म त्यस्ता बयानलाई बिवादरहित प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) § एउटै बरामदी मुचुल्कामा सहिछाप गर्ने कुनै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8268वि.सं. २०६६संयुक्त इजलास

करार बदर गरिपाऊँ  ।

करार बदर गरिपाऊँ

§ विशेष प्रकृतिको करारहरू वाहेक जुनसुकै नामाकरण गरी गरिएको लिखत भए पनि वा लिखत नै नभई मौखिक रुपमा वा आचरणबाट (By Conduct) कानूनबमोजिम करार गर्न सक्षम पक्षहरूको बीचमा साझा उद्देश्यका लागि स्वतन्त्र सहमति रहेको देखिन्छ र त्यस्तो सहमति कानूनतः कार्यान्वयन गर्न स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8267वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण परमादेश

§ विवादरहित रुपमा सार्वजनिक भैसकेको बिषयमा सूचनाको प्रश्न उपस्थित हुने देखिदैन । जहाँ कुनै सूचनालाई गोप्य रुपमा राखिन्छ वा कुनै सूचना सार्वजनिक गरिदैन, त्यसवेला सूचना पाउने हक क्रियाशील हुने । § न्याय परिषदको वैठकबाट पछि अनुमोदन गराउने गरी आयोगमा न्याय परिषद्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8266वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण

§ सार्वजनिक सरोकारको विवादले मूलतः कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारसँग सम्बन्ध नराखी यसको सम्बन्ध सर्वसाधारण जनता वा जनसमुदायसँग हुने । (प्रकरण नं. ३) § फौजदारी कानूनको सही कार्यन्वयन समग्र समाजको लागि सरोकारको बिषय हुन्छ । तर त्यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8265वि.सं. २०६६संयुक्त इजलास

आयकर

§ व्यावसायिकताको सामान्य सिद्धान्तविपरीत लागतभन्दा कम मूल्यमा वस्तु बिक्री गर्नुपरेको र लगातार नोक्सानीमा उद्योग सञ्चालन गर्नुपरेको सम्बन्धमा उद्योगले तथ्ययुक्त ठोस आधार प्रमाण पेश गरी प्रमाणित गर्न नसकेको अवस्थामा उद्योगको भनाई मात्रको आधारमा कर कार्यालयले क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8264वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

§ निजामती सेवा ऐनको दफा २१(१) को व्यवस्थाले एक वर्ष कम सेवा अवधि भएका ऐनमा सीमान्तकृत समुदायका निजामती कर्मचारीहरूलाई समयावधिको सम्बन्धमा लाभ पुर्‍याउन सक्ने भएपनि उक्त दफाअनुसारको आवश्यक पर्ने सेवा अवधि पूरा भैसकेका उम्मेद्वारहरूको निमित्त समेत सो दफा २१(२)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8263वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणसमेत

§ अपराधी भनी अदालतबाट घोषित व्यक्ति नै प्रहरी पदमा पुर्ननियुक्ति हुदै जाने हो भने यसले प्रहरीप्रति जनआस्था नहुने मात्र होइन अन्य Law Abiding इमानदार अनुशासित नैतिकवान प्रहरी कर्मचारीको मनोवललाई समेत असर गर्ने । (प्रकरण नं.७) § समानताको हकको अर्थ एक वर्गले पाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8262वि.सं. २०६६संयुक्त इजलास

क्षतिपूर्ति

§ डाक्टरले जाँची औषधि Prescribe गरेको दिन वा औषधि खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ । ऐनको व्याख्या गर्दा Purposive व्याख्या गर्नुपर्छ, निरर्थक Frustrate हुने व्याख्या गर्नु नहुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8261वि.सं. २०६६संयुक्त इजलास

परमादेश

§ आफूसमेत सञ्चालक रहदाको अवस्थामा लिएको कर्जा चुक्ता गरी सञ्चालक समेतबाट हटिसकेको र सो कम्पनीले लिएको ऋण तथा वैकिङ्ग कारोवारको हकमा आफूले राखेको धितो कायम नरही व्यक्तिगत रुपमा समेत जिम्मेवार नहुने भनी स्पष्ट रुपमा उल्लेख गरी बैंकमा निवेदन दिइसकेको अवस्थामा सु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8260वि.सं. २०६६संयुक्त इजलास

अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।

§ अंशबण्डा गोश्वाराको लिखतमा उल्लेख नभएको अवस्थामा पनि हिसाव शान्ति दुबै थरको भोग भएको वा भोग नभएकोमा समेत अघि बण्डा भै बाँकी रहेको सम्पत्ति पाऊँ भनी नालिस गर्नसक्ने । (प्रकरण नं. २) § बण्डापत्रमा अबण्डा भनी उल्लेख नहुँदैमा बण्डापत्रमा नसमेटिएको सम्पत्तिमा कुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8259वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण

§ नेपाल सरकारले बनाएको भन्दैमा नियमावली निर्माण गर्ने अधिकार सामान्य प्रशासनिक निर्णय सरह हुँदैन । विधायिकी अधिकार प्रयोग गरेर निर्माण गरिएकै कारणले नियमावलीलाई कानून मानिएको हो । त्यस्तो कानूनलाई रुपान्तरण गर्ने, बदल्ने, खारेज गर्ने अधिकार पनि सरकारमा रहन्छ,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8258वि.सं. २०६६पूर्ण इजलास

उत्प्रेषण

§  यसमा स्वाभाविक मानवीय भावना र संवेदनशीलता जस्ता कुराहरू पनि विचारणीय हुन्छन् । प्रतिवादीकै मृतकको कार्यले प्रतिवादीले आत्मनियन्त्रण गुमाउने परिस्थितिको अवस्था थियो कि थिएन भन्ने कुरा गणितीय हिसावमा मापन गर्न नसकिए पनि यस्तो कुरा कुनै घटनाको प्रकृति र परिस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8257वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण

§ कुनै सेवाका लागि निश्चित योग्यता वा क्षमताको आवश्यकता पर्ने गरी शर्तहरू तोक्न नपाउने र जोसुकैले पनि निर्वाध रुपमा सेवा प्रवाह गर्न पाउनुपर्ने भन्ने कुराले गुणस्तरीय सेवा प्रवाहको संभावनालाई निस्तेज तुल्याउने र प्रतिस्पर्धात्मक आर्थिक क्रियाकलापमा पनि अबरोध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8256वि.सं. २०६६पूर्ण इजलास

पुनरावलोकन गरी हेरिपाऊँ ।

§ कुनै सम्पत्ति बण्डा लाग्ने हो होइन भन्ने प्रश्नको निरुपण गर्नुपर्दा त्यसको इतिहास केलाउन पर्ने हुन्छ । त्यो सम्पत्तिको आर्जनको स्रोत बारेमा अध्ययन गरेर मात्र न्यायिक निष्कर्षमा पुग्नु पर्ने हुन्छ । सम्पत्ति सगोलको अंशियारको नाममा रहनु नै सो स्वतःबण्डा हुने प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8255वि.सं. २०६६पूर्ण इजलास

पुनरावलोकन गरी हेरिपाऊँ ।

§ अन्य मुद्दामा के कस्तो वतन उल्लेख गरिएको थियो र त्यसमा के आधारमा म्याद तामेल भएको थियो भन्ने जस्ता कुराहरू तुलना गरेर न्याय निरुपण गर्न संभव नहुने। (प्रकरण नं.५) § एउटा आधिकारिक निकायबाट जारी गरिएको र तामेल भएको म्याद तामेलीका सम्बन्धमा कानूनले निश्चित गरेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8254वि.सं. २०६६संयुक्त इजलास

सालको अवैध चिरान काठ ओसार पसार ।

§ वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुने । (प्रकरण नं.४) § कुन कार्य कसूर हो त्यसको परिभाषा र निर्धारण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8253वि.सं. २०६६संयुक्त इजलास

आयकर ।

§ कुनै पनि करदाताले आयकर प्रयोजनका लागि पेश गर्ने विवरणमा आफूद्वारा सञ्चालित सबै उद्योग, व्यापार, पेशा वा व्यवसायबाट प्राप्त भएको सबै किसिमको मुनाफा वा लाभ समेतका विवरण समावेश गर्नुपर्ने । § कर छुट पाएका करदाताहरूले पनि आयको विवरण पेश गर्नुपर्ने र त्यस्तो विवर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8252वि.सं. २०६६संयुक्त इजलास

बाँकी रकम दिलाई पाऊँ ।

§ करारको प्रकृति र विवादको विषयवस्तु र करारका शर्त उल्लंघन भएको कारणले मर्का पर्ने पक्षले अदालतसमक्ष दिएको उजूरीमा माग गरेको उपचारको किसिमको आधारमा पनि मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मिति फरक पर्नसक्ने । (प्रकरण नं.४) § करारसम्बन्धी विवादमा हदम्यादको समय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8251वि.सं. २०६६संयुक्त इजलास

जोत कायम ।

§ रीत पुगेको कबुलियतनामाले मात्र कानूनी मान्यता प्राप्त गर्न सक्दछ अन्यथा त्यस्तो कबुलियतले बैधानिकता प्राप्त गर्न सक्दैन । बैधानिकता प्राप्त गर्न जग्गाधनी र मोही दुबैको सहिछाप भई एकप्रति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा पेश गरेको हुनुपर्ने । § एक पक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8250वि.सं. २०६६संयुक्त इजलास

अंश नामसारी ।

§ प्रमाणहरूको सृंखलामा एउटा प्रमाण डी.एन.ए.परीक्षण पनि हुन सक्छ । तर अन्य प्रमाणहरूकै आधारमा पितृत्वको विषय यकीन गर्न सकिन्छ भने यो परीक्षण गराउन पर्ने बाध्यता अदालतलाई नहुन पनि सक्ने । § पक्षले माग गर्दैमा डी.एन.ए.परीक्षण गराउने आदेश दिन अदालत बाध्य हुँदैन ।…

नजिर सार पढ्नुहोस् →